Erani Mahal
कपिलवस्तुमा थप १० जनामा भेटियाे काेराेना भाइरस, प्रदेश पाँचमा मात्रै ४० जना संक्रमित
1585316796corona-test-lab-1
बुटवल – प्रदेश ५ काे कपिलवस्तुमा थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १२० पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको जनाएकाे छ । संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । कपिलवस्तुमा यसअघि पनि ५ जना कोरोना संक्रमित फेला परेका थिए । योसँगै कपिलबस्तुमा मात्रै कोरोनासंक्रमितको संख्या १५ पुगेको छ । यसैगरी बाँके र रुपन्देही समेत गरी प्रदेश नम्बर ५ मा ४० जना फेला परेका छन् । बाँकेमा २४ जना र उपन्देहीमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सोमबार १० नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update