Erani Mahal
पूर्वखोला काङ्ग्रेसले ग-याे गाउँपालिकाको राहत कोषमा सहयोग
trea
पाल्पा - पूर्वखोला गाउँपालिकाको कोरोना विपद् कोषमा नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा काँग्रेसले २६ हजार ७ सय रुपैयाँ सहयोग गरेको हो । नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकका संयोजक कृष्णप्रसाद शर्मा पौडेलको नेतृत्वमा पार्टीका क्षेत्रीय सदस्य किशोर पंगेनी, महिला नेतृ सीता देवकोटा,काँग्रेस वडा नं ३ का सचिव ईश्वर आचार्य, तरूणदलका नेता नारायण न्यौपाने लगायतको टोली गाउँपालिका पुगेर गाउपालिकाका अध्यक्ष नुनबहादुर थापालाई रकम हस्तान्तरण गर्नुभएकाे हाे । रकम हस्तान्तरण गर्दै नेपाली काँग्रेस गाउँपालिका संयोजक पौडेलले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गाउँपालिकाले स्थापना गरेको राहत कोषमा केही सहयोग पुगोस् भनेर सहयोग गरेको बताउदै यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाउपालिकाले सबै संग कोरोना नियन्त्रण तथा राहत बितरणमा समन्वय हर्न आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष थापाले नेपाली काँग्रेसले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाले सो रकम वास्तविक वर्गमा खर्च गरिने बताउनुभयो । जिल्लाका प्रत्येक स्थानीय तहमा स्थापना भएका कोरोना राहत कोषमा कांग्रेसका सम्बन्धित पालिकाका समितिले नगद सहयोग गर्दै आएका छन् । कोरोना भाइरसबाट जोगिनका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने साथै बिपन्न परिवारलाई दैनिकी चलाउन समस्या हुने भन्दै राहत बितरणका लागि सहयोग गरेको नेपाली काङ्ग्रेस पूर्वखोलाले जनाएको सचिव ईश्वर आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update