Erani Mahal
निस्दीमा दालचिनी र चिउरीकाे ३० हजार बिरूवा तयार
1566199231
पाल्पा - निस्दी गाउँपालिकाको एक सामुदायिक बनले करिब ३० हजार वटा दालचीनी र चिउरीको बिरुवा तयार पारेको छ । थुम्काडाँडा सामुदायिक बन उपभोक्त समूह निस्दी- ४, मित्याल मौलाथरका उपभोक्तहरुले २० हजार भन्दा बढी दालचीनीको बिरुवा र ८ हजार भन्दा बढी चिउरीको बिरुवा तयार पारेको उपभोक्त समितिका अध्यक्ष छाम बहादुर सारुले बताउनुभयो । जिल्ला बन कार्यालय पाल्पाको सहयोग तथा निस्दी सव डिभिजन बन कार्यालय मित्यालको समन्वयमा यहाँका उपभोक्तहरुले बिरुवा तयार परेको हो। करिब ४७ हेक्टर क्षेत्रमा फैलिएको यस सामुदायिक बनले सालको वृक्षरोपण गरेर बन संरक्षणमा टेवा पुर्याएको भन्दै र अन्य थुप्रै उत्कृष्ट कार्य गरेबापत धेरैपटक विभिन्न राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको छ । अहिले तयार भएको बिरुवामध्ये ५ हजार जत्ति यहीँ बन क्षेत्रमा रोप्ने र बाँकी रहेका बिरुवा अन्य इच्छुक सामुदायिक बन, कबुलियती बन, कृषकहरुलाई निशुल्का प्रदान गरिने निस्दी सव डिभिजन बन कार्यालय मित्यालका कार्यालय प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभयो । अहिले यस सामुदायिक बनलाई चिउरीको बिउ पकेट क्षेत्र बनाएर चिउरीको बिरुवा संरक्षण तथा बिउ उत्पादन गर्दै आएको छ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update