Erani Mahal
कपिलवस्तु, उदयपुर र वीरगन्जमा थप नयाँ संक्रमित फेला, १०९ पुग्याे संक्रमितकाे संख्या
korona-
काठमाडौं - नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ । थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update