Erani Mahal
रम्भा गाउँपालिकाको कोरोना राहत कोषमा कांग्रेसको सहयोग
Nepali_Congress-2
पाल्पा - रम्भा गाउँपालिकाको कोरोना विपद् कोषमा नेपाली काँग्रेस रम्भा गाउँपालिकाले नगद आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा काँग्रेसले नगद ४० हजार रुपैयाँ सहयोग गरेको हो । नेपाली काँग्रेस रम्भा गाउँपालिकाका सभापति अशोक कुमार फालको नेतृत्वमा गएको नेपाली काँग्रेस प्रदेश सभापति बिष्णु कुमार थापा, महासमिती सदस्यहरु दान बहादुर पछाई,बिष्णु बमरेल, विश्व अर्याल, काँग्रेस वडा नम्बर ३ का अध्यक्ष थमनबहादुर गाहा, सुरबहादुर सुनारी, तरुणदलका जिल्ला सदस्य गम्भिर सिं सिजाली, क्षेत्रीय सचिव धातानन्द बस्याल लगायतको टोलीले गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीलाई रकम हस्तान्तरण गर्दै सही सदुपयोगमा लगाउदै आम नागरिकको दैनिकी सहज हुने गरि गाउपालिका लाग्न अनुरोध गर्नुभयो । रकम ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष भण्डारीले नेपाली काँग्रेस रम्भाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उक्त रकम विभेदरहित र पारदर्शी ढङ्गले बितरण गर्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update