Erani Mahal
रामपुरमा आरडिटी परिक्षण गर्ने ३१ जना, सबैको नतिजा नेगेटिभ
trrr
पाल्पा - रामपुर नगरपालिकामा र्‍यापिड डाइगोनष्टिक टेष्ट गर्नेको संख्या ३१ पुगेको छ । बिहिबार बालकल्याण प्राथमिक विद्यालय सानीअमराईको क्वारेन्टाईनमा रहेका १२ जना र होम क्वारेन्टाईनमा रहेका १ जनाको आरडिटी परिक्षण गरेसंगै आरडिटी टेस्ट गर्नेको संख्या ३१ पुगेको हो । आरडीटी परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको रामपुर अस्पतालका ल्याव असिस्टेन्ट मनोज सुवेदीले बताउनुभयो । गत बैशाख ११ गते उदयपुर, सप्तरी, रौटहटमा मजदुर लिएर गएका सवारी चालक तथा सहचालक र चितवनबाट फर्किएर बालकल्याण प्राथमिक विद्यालय रामपुर ५ सानिअमराईको क्वारेन्टाईनमा बसेका १२ जना र कपिलवस्तुबाट बैशाख ४ गते आएर होम क्वारेन्टाईनमा बसेका १ जनाको कीट मार्फत परिक्षण गरिएको रामपुर नगरपालिकाले जनाएको छ । उनीहरुलाई आरडिटी परिक्षण पश्चात होम क्वारेन्टाईनमा कम्तिमा पनि १ हप्ता बस्न सुझाव सहित नगरपालिकाका उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरेले विदा गर्नुभयो । घरगाउमा बाहिर नहिड्नुहोला सुरक्षित बनाउने जिम्मेवारी हरेक नागरिकमा आएको छ उहाले भन्नुभयो-अरुलाई पनि सुरक्षित रहन युबाहरुले सिकाउनुपर्छ । यस अघि सोही क्वारेन्टाइनमा ३ पटक गरि १८ जनाको आरडिटी परिक्षण भएको थियो । हाल रामपुर नगरपालिकाको वडा नं. ४, ९ र १० लगाएतका वडाहरुले निर्माण गरेको क्वारेन्टाईनमा अझै १७ जना रहेका छन् । परिक्षण कार्यमा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी आचार्य घिमिरे, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक आचार्य, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्की, वडा नम्बर ५ का अध्यक्ष हिमाल मल्ल लगायतका जनप्रतिनिधि, सरोकारवालाहरुको सहभागीता रहेको थियो । रामपुर अस्पतालका ल्याव असिस्टेन्ट मनोज सुवेदी, रामपुर नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु गिरिराज घिमिरे, तिर्थ प्रसाद ढुङ्गाना, पुनम धिताल, कमला श्रेष्ठ गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिवुर रहमान शेखको टोली आरडीटी परिक्षणमा खटिएको थियो । आरडिटी परिक्षण पूर्व र पछि सुरक्षा बेस क्याम्प रामपुरका नेपाली सेनाको टोलीले डिसइन्फेक्सन स्प्रे गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update