Erani Mahal
बुद्ध जयन्तीको अवसरमा नगरप्रमुख शाहीद्वारा शुभकामना व्यक्त
unnamed
पाल्पा – तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले २५६४ औं बुद्ध जयन्तीको अवसरमा तानसेन, पाल्पा निवासी लगायत सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको लुम्विनीमा आजभन्दा २५६४ वर्ष अघि जन्मनुभएका सिद्धार्थ गौतम असल कर्मका कारण विश्वभर महामानव, शान्ति र मानव कल्याणका अग्रदुतको रुपमा परिचित हुनपुग्नु भएको उहाँले दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ । शान्ति, मानव हित र विश्व बन्धुत्वका सवालमा समर्पित सिद्धार्थ गौतम बुद्धले देखाउनु भएको सत्मार्ग बौद्ध धर्मावलम्वीका लागि मात्रै होइन सम्पूर्ण मानव जातिकै लागि अनुकरणीय रहेको उहाँले बताउनुभयो । काम, क्रोध, लोभ, मोह त्यागेर शान्तिपूर्ण समाज निर्माणका लागि गौतम बुद्धले पु¥याउनु भएको योगदान, बुद्ध दर्शनको संरक्षण हामी सबैको दायित्व रहेको नगरप्रमुख शाहीले बताउनुभयो । बुद्धजन्मस्थल लुम्विनी अनि उहाँसँग जोडिएका स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, अरौराकोट, सग्रहवा, तानसेन लगायतको खोज अनुसन्धान र ती क्षेत्रको समयोचित विकास गरी पर्यटकीय सम्भावना उजागर गर्नका लागि स्थानीय, प्रदेश र नेपाल सरकारको सहकार्य आजको आवश्यकता हो । तानसेनमा जन्मनु भएका भिक्षु अमृतानन्द लगायतले बुद्ध उपदेश र दर्शनको प्रचार, प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको तथ्य स्मरणयोग्य रहेको छ । तानसेनमा रहेका बुद्धविहार लगायतका ऐतिहासिक सम्पदा र भिक्षुहरुको कर्मले समेत लुम्विनीसँग तानसेन, पाल्पाको सम्वन्ध रहेको तथ्य पुष्टि गर्दछन् उहाँले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update