Erani Mahal
रामपुरका प्रमुखद्वारा काठमाडौमा रहेका ३३ परिवारलाई राहत वितरण
95589264_2779385335505299_311790187325685760_n
पाल्पा - रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले काठमाण्डौँमा कोठा भाडामा बस्ने रामपुरका नागरिकलाई घर- घरमा पुगेर राहत वितरण गर्नुभएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) को जोखिम न्युनिकरणका लागि जारी लकडाउनले कोठा भाडामा बसेका नागरिकलाई नगर प्रमुख थापाले उनीहरु बसेको घरमा पुगेर राहत वितरण गर्नुभएको हो । काठमाण्डौँमा काम गर्दै आएका नागरिक जारी लकडाउनले साँझ बिहानको गुजारा चलाउन अप्ठ्यारोमा परेका ३३ घरपरिवारका ८५ सदस्यलाई राहत उपलब्ध गराइएको नगर प्रमुख थापाले जानकारी दिनुभयो । पाल्पा- काठमाडौ सम्पर्क समाजले डाटा संकलन गरेको थियो । थापा स्वयंले पनि काठमाडौमा रहेकाहरु संगैका परिवारमा बुझेर लामो समयदेखिको लकडाउनका कारण समस्या भएका परिवारलाई सहयोग गर्नुभएको हो । दैनिक काम गर्न गरेर गुजारा चलाउनेहरु काम गर्न नपाएपछि बढी समस्यामा रहनुभएको छ,नगर प्रमुख थापाले भन्नुभयो-चोकमा चिया पकाएर, ठेलागाडामा मकै पोल्ने फलफुल बेचेर बस्नेको अबस्था हामी कल्पना गर्न समेत सक्दैनौ । गाउमा किन्न र खान समस्या छैन तर बजारमा किन्न नै नपाइने अवस्थाले परिवार संख्याको आधारमा राहत दिएका छौं उहाँले थप्न्नुभयो । काठमाण्डौँमा व्यापार, ज्यालादारी, कार्यालयमा काम गर्ने र उच्च शिक्षा लिन कोठा भाडा लिएर बसेका नगरबासीलाई राहत दिइएको छ । एक जना व्यक्तिलाई २५ किलो चामल, आधा लिटर खानेतेल, एक किलो दाल, आधा किलो स्वायाबिन, परिवारको दुई जना सदस्यलाई २५ किलो चामल, एक लिटर खानेतेल, दुई किलो दाल, आधा किलो स्वायाबिन वितरण गरिएको छ । त्यस्तै दुई जना भन्दा माथिका परिवारका सदस्यलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर खानेतेल, एक किलो स्वयाबिन लगायतका खाद्यान्न वितरण दिइएको पाल्पा काठमाडौ सम्पर्क समितिका सचिव अमृत अधिकारीले बताउनुभयो । यसैगरी नगरप्रमुख थापाले नगरपालिकाले काठमाण्डौँ लगायत विभिन्न ठाउँमा बसोबास गरेका रामपुरका नागरिक लकडाउनको समयमा घर जान चाहेकाको नाम टिपेको र जिल्ला प्रशासनले अनुमती नदिदा लान नसकिएको अनुमती पाए संगै लैजाने बताउनुभयो । नगरपालिकाले लकडाउन घोषणा भएकै दिन काठमाण्डौँमा बसोबास गरेका करिव एक सय ६८ नागरिकलाई निशुल्क सवारी साधनको व्यवस्था गरि रामपुर ल्याएको थियो । रामपुर क्षेत्रमा काम गर्ने बाहिरका मानिसको तथ्यांक लिएर निशुल्क रुपमा मजदुरलाई घर पुर्‍याएको थियो । काठमाडौ बाहेक बुटवल, पोखरा, चितवन लगायतका ठाउँमा रहेका रामपुरबासीका बारेमा सूची तयार पार्न लगाइएको छ ।ती ठाउँहरुमा पनि अत्यन्त संकटमा परेको कोही छ भने उनीहरुलाई पनि राहतको व्यवस्था गरिने जानकारी उहाले दिनुभयो । मेयर थापाले रामपुर नगरभित्र पनि समस्यामा परेकालाई राहत वितरण, लकडाउनको कार्यान्वयन, कोरोना सम्वन्धी जनचेतना, स्वास्थ्य परिक्षणलगायतका कार्य पनि तिव्रताका साथ भइरहेको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update