Erani Mahal
रामपुरका सात सय ९६ बच्चालाई खोप र आमालाई अण्डा
95929709_738928293311496_8669207490577039360_n
पाल्पा - रामपुर नगरपालिकाले चलाएको खोप अभियानबाट ७ सय ९६ जना बच्चाले नियमित खोप पाएका छन् । जारी लकडाउनले गत चैत महिनामा समेत खोप संचालन नभएकोमा सरकारले बैशाख १४ गते खोप चलाउन अनुरोध गरे संगै बैशाख १६ गतेदेखी वडा वडामा खोप कार्यक्रम चलेको थियो । जन्मेदेखि १५ महिना मुनिका बच्चालाई रोकिएका खोप र बैशाखको नियमित खोप दिइएको रामपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखा र महिला बालबालिका शाखाको समन्वयमा खोप लिन आएका प्रत्येक बच्चाको आमालाई पोषण अन्तर्गत एक/एक क्यारेट अण्डा बितरण गरिएको महिला तथा बालबालिका शाखाले जनाएको छ । खोपको अभाबमा शिशु तथा बाल मृत्युदर बढ्न सक्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख १४ देखि सुरक्षा अपनाएर खोप चलाउन अनुरोध गरेको थियो । "बैशाख महिना खोप महिना" भएकोले बालबच्चाले पाउने खोपको अधिकारका लागि पनि सामाजिक दुरी कायम गरि खोप चलाइएको छ। नगरपालिकाका स्वाथ्य सस्था, शहरी स्वास्थ्य केन्द्र र विभिन्न खोप केन्द्र गरि २१ वटा खोप केन्द्रबाट खोप दिइएको हो । नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले लकडाउनबाट जो कोही प्रभाबित बनिरहेको अबास्थामा पौष्टिक आहार अण्डा र मासुको समेत कतिपय स्थानमा नपाइएको हुँदा अण्डा बितरण गरिएको बताउनुभयो । उहाले कोरोनाको संक्रमणबाट जोगिन आफै सचेत हुनुपर्ने अबस्था आएकोले गाउघरमा एक अर्काबाट सतर्क हुन र अनावश्यक जमघट हुने र हिड्ने काम नगर्न अनुरोध गर्नुभयो । नियमित मिचिमिची साबुन पानीले हात धुन, भित्र बाहिर काम गरिसकेपछी हात धोएर मात्र बच्चालाई छुन र दूध खुवाउन उहाको आग्रह छ । महिला तथा बालबालिका शाखाका सहायक महिला बिकास निरीक्षक पुजा परियारले चैतमा खोप नचलेको हुदा बैशाखमा खोप ल्याउन अलमल हुने र अनिवार्य नठान्ने हुदा खोपमा आकर्षक गराउन अण्डा कार्यक्रमलाई जोड दिइएको हो । विभिन्न कार्यक्रमबाट खोपको महत्व बुझेपनि अण्डा पाइन्छ भनेरै मेलाबाट बच्चा च्यापेर आउने महिला पनि भेट्यौ जसरी पनि खोप र अण्डा लिगेर फाइदा लिनुपर्छ भन्ने हाम्रो सन्देश हो परियारले भन्नुभयो । नगरपलिकाका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाका अनुसार रामपुर नगरपालिकामा मासिक बैशाख १६ देखि २२ सम्म चल्ने खोप अभियानमा नै खोप दिइएको हो । प्रत्यक महिना १६ र १७ गते १९ र २० गते गरि १० कडाका २१ केन्द्रमा खोप चल्छ । सो समयमा छुटेका बच्चालाई २२ गते रामपुर अस्पतालमा छुटपुटको रुपमा खोप दिइदै आइएको स्वास्थ्यकर्मी पुनम धितालले बताउनुभयो । जन्मेदेखी १५ महिना सम्मका बच्चालाई ७ पटकमा ११ वटा खोप दिइन्छ । बच्चालाई जन्मने बित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा डिपिडी, पिसिभी, एफआईपिभी खोप र ओपिभी थोपा दिइन्छ । १० हप्तामा डिपिटी, पिसिभी, १४ हप्तामा डिपिटी एफआइपिभि खोप ओपिभी थोपा, ९ महिनामा दादुरा रुबेला विरुद्धको एम आर र पिसिभी खोप र थोपा दिइन्छ भने १२ हप्तामा जापानीज इन्सेप्लाइटिस विरुद्धको खोप र १५ महिनामा दोस्रोपटक एम आर खोप दिइन्छ । नियमित खोप लिने बालबालिकाको संख्या भन्दा यो अभियानमा धेरै बालबालिकाले खोप लगाएको स्वास्थ्यकर्मी कमला श्रेष्ठले बताउनुभयो । यसपटक लकडाउनका कारण बाहिर भएकाहरु गाउँ फर्के संगै खोप लगाउने बच्चाको संख्या बढेको उहाँले बताउनुभयो । सामाजिक दुरी कायम गर्नुपर्ने अबस्थालाई मध्यनजर गर्दै प्रत्येक केन्द्रमा वडाका जनप्रतिनिधि संग समन्वय गरेर व्यबस्थित रुपमा खोप र अण्डा बितरण गरेको सहायक महिला बिकास निरीक्षक सिर्जना रेग्मीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update