Erani Mahal
सालकाे अबैध काठ ओसार-पाेसार गर्ने व्यक्ति पक्राउ
1588767660Kat_Baramad_photo
पाल्पा - सालको काठ चाेरी गरेर अबैध रूपमा ओसार–पाेसार गरेका एक जना व्यक्तिलाइ प्रहरीले पक्राउ गरेकाे छ । डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अवैध सालको काठ सवारी साधनमा राखेर ओसार–पाेसार गरेकाे भन्दै बगनासकाली गाउँपालिका वडा नं. २ का दुर्गा घर्तीलाइ पक्राउ गरेकाे हाे । सालकाे रूख काटेर ढाेकाकाे चाैकस बनाइ अबैध रूपमा ओसार–पसार गरेकाे समयमा घर्तीलाइ वन कार्यालयकाे टाेली र प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ ।घर्तीले ओसारेकाे १८.४३ क्यू.फिट सालकाे काठ बरामद भएकाे छ । सालकाे काठ चाेरेर अबैध काराेबार गरेकामाथि कानुन अनुसार कारबाही हुने डिभिजन वन कार्यालय पाल्पाले जनाएकाे छ । घर्तीलाइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे छ । [caption id="attachment_9783" align="alignnone" width="300"] तस्विर स्राेत : यमसागरकाे फेसबुक पेजबाट ।[/caption] लकडाउनकाे समयमा पछिल्लाे समय काठ तस्करले चाेरी निकासी गर्ने माैका छाेप्दै आएका छन् । उनीहरूमाथि पनि निगरानी बढाएकाे डिभिजन वन कार्यालय पाल्पाले जनाएकाे छ । तस्करले हरिया रूख काटेर विशेष गरी सामुदायिक वन नजिक रहेका फर्निचरमा अबैध काठ ओसार पाेसार र बिक्री गर्ने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update