X
20
Shares

पाल्पामा विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

रानीमहल संवाददाता || २४ बैशाख २०७७,बुधबार २०:५२

पाल्पा – तिनाउ गाउँपालिका वडा नं. ३ मा विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् । मंगलबार जंगलबाट ल्याएकाे च्याउ खाँदा तिनाउ दाेभान फूलबारीका ७ जना बिरामी भएका हुन् ।

उनीहरूलाइ झाडापखाला लाग्ने, रिंगाटा लाग्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गरिएकाे छ ।

उनीहरूमध्ये अधिकांशकाे स्वास्थ्यमा सुधार हुन सकेकाे छैन । २ जनाकाे भने स्वास्थ्य अवस्था सुधार भएकाे अस्पतालले जनाएकाे छ । जंगलबाट ल्याएर बिषालु च्याउ खाएर बिरामी पर्नेहरूमा तिनाउ ३ फूलबारीका अमरदीप बीसी, उनकी श्रमती माया बीसी, आमा कृष्णा सुनार, निलमाया सुनार, दिलिप सुनार, रेखा सुनार र थमन सुनार रहनुभएकाे वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयाे ।

पाल्पामा हरेक वर्ष विषालु च्याउ खाएर मानिसहरूकाे मृत्यु हुने गरेकाे छ । विषालु च्याउका बारेमा हरेक वर्षजसाे जनचेतनामुलक कार्यक्रम भए पनि मानिसले भने अझैँ जंगलबाट नचिनेकाे विषालु च्याउ ल्याएर खाने क्रम भने घटेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys