Erani Mahal
काेराेना जाँच गर्न २७ जनामा गरिएकाे र्‍यापिड टेस्टकाे रिपाेर्ट नेगेटिभ
vvvvvvv
पाल्पा - निस्दी गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २७ जनाको आरडिटी टेस्ट नेगेटिभ आएको छ । विदेशबाट आएका तथा क्वारेन्टाइनमा बस्दै आएका १४ दिन पुग्ने व्यक्तिहरुको तालिमप्राप्त स्वास्थकर्मीबाट आरडिटी टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएका २७ जनालाई पालिकाले बुधबार घर पठाएको छ। सरस्वती मावि निस्दी- ५, गल्धाका १० जना, गौरीशंकर मावि निस्दी-४, मित्यालका ४ जना र जनपृय मावि निस्दी-७, ज्यामिरेका १३ जना गरि कुल २७ जनालाई निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले धन्यवाद पत्र प्रदान गरेर घर पठाएको हो। यसअघि निस्दीले क्वारेन्टाइनमा बस्दै आएका १२ जनालाई घर पठाइसकेको थियो । यसैबीच गौरीशंकर मावि निस्दी- ४, मित्यालमा बुधबार काठमाडौबाट आएका १ जना र चितवनबाट आएका २ जना गरी ३ जना राखेसंगै निस्दीमा हाल २२ जनालाई क्वारेन्टाइनमा राखेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । कोरोना रोगको जोखिम न्यूनीकरणका लागि निस्दीले अन्य छिमेकी जिल्लाबाट आएकालाई समेत अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्दै आएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update