Erani Mahal
तरुण दलद्वारा ३० बच्चालाई लिटो र ५० परिवारलाई राहत वितरण
vvv
पाल्पा - तरुण दलले तानसेनका ३० जना बच्चालाई पौष्टिक आहार लिटो र ५० बिपन्न परिबारलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको छ । तरुण दल तानसेन नगरपालिका वडा नम्बर २ को संयोजनमा प्रदेश सांसद वीर बहादुर रानाले राहत बितरण गर्नुहुदै लम्बिएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई दिइएको राहतले निकै सहयोग पुग्ने बताउनुभयो । लकडाउनले केही समस्या पारेको छ, प्रदेश सांसद रानाले भन्नुभयो-"संयमीत रहौ,एक अर्का बिचको दुरी बढाऔ, आत्मबल बढाउ, अत्यन्तै समस्या परेमात्र बाहिर निस्कौ, होइन भने लकडाउनको पालना गरौ राज्यले समस्यामा परेका नागरिकलाई हेर्नैपर्दछ" । तानसेन नगरपालिकाले दोस्रो चरणको राहत बितरण नगरेको अबस्थामा बिपन्न परिवारलाई दैनिक गुजारा चलाउन झनै समस्या थपिएकोले तत्काल राहत बितरण गर्न माग गरिएको छ । नागरिकको यही समस्यालाई महशुस गरि तरुणहरुले राहत बितरण गरेको तरुण दल तानसेन वडा न. २ सभापति बिनायक महर्जनले बताउनुभयो । तरुण दलले जन्मेको ६ महिनादेखी २ बर्ष उमेर समुहका ३० जना बच्चाको लागी सर्वोत्तम आहार लिटो बितरण गरेको छ । लकडाउनमा बेला लिटो समेत किन्न नपाएका आमाहरुले तरुण दलले बच्चा लक्षित लिटो दिदा निकै खुशी भएको बच्चा लिएर आइपुगेका आमाहरुले बताएका थिए । यसैबिच तरुण दलले ५० घर परिवार बिपन्नपरिवारलाई राहत खाद्यान्न सामाग्री र तरकारी बितरण गरेको छ । उनीहरुलाई चामल, दाल, तेल, आलु, प्याज लगायतका अत्यावश्यक सामाग्री बितरण गरेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । निरन्तर लकडाउन लागेको ४४ दिन भैसक्दा दैनिक गुजारा चल्नै नसक्ने परिवारलाई नारायणथान मन्दिर परिषरमा सामाजिक दुरी कायम गरि राहत बितरण गरिएको नेपाली काङ्ग्रेसका महासमिति सदस्य हिमालदत्त श्रेष्ठले बताउनुभयो । बिपन्न परिबारलाई चल्न समस्या भैसक्यो जिल्लाका धेरैजसो पालिकाले दोस्रो चरणको राहत बितरण गरिसकेका छन्,श्रेष्ठले भन्नुभयो- अब तक्काल बाढिएन भने अबस्था झन् नाजुक हुनेछ । लकडाउनमा नागरिकलाई सहयोग होस् भनेर दिन बिराएर अत्याबश्यक पसल खोल्ने गरिएकोमा भिडभाड भएकोले दैनिक २ घण्टा खोल्न सुझाब, बिगतमा जिल्ला प्रशासन कार्यालयले दिने अनलाइन पास बितरण एकपक्ष भएकाले यस्ता किसिमका हरेक क्रियाकलाप सच्याउन ध्यानाकर्षण गराउने नेपाली काङ्ग्रेस वडा सभापति बरुण रेग्मीले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update