Erani Mahal
एकै दिन १७ जना काेराेना संक्रमित थपिए, संक्रमितकाे संख्या ९९ पुग्याे
covid-19-test
काठमाडाैँ - बीरगन्जका १७ जनामा काेराेना संक्रमण पुष्टि भएपछि देशभर काेराेना संक्रमितकाे संख्या ९९ पुगेकाे छ । बुधबार वीरगन्जका एकै परिवारका १७ जना कोभिड – १९ का संक्रमित थप भएका थिए । वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो । [caption id="attachment_9650" align="alignnone" width="300"] प्रतिनिधि तस्विर : गुगल ।[/caption] त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभएकाे छ । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ८६ वर्षका वृद्धसमेत रहेका छन् । संक्रमित परिवारका सदस्यहरूले भने लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् । अस्पतालका अधिकारीहरू ३६ वर्षका पुरुषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको बताउँछन् । अब परिवारको सबै सदस्यमा संक्रमण देखिएकाले उनीबाट परिवारको सदस्यमा सरेको हो कि अर्का सदस्यबाट हो भन्ने यकिन गर्न सकिएकाे छैन ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update