Erani Mahal
काेराेना लकडाउनपछि रामपुरमा १ हजार ९ सय ५ परिवारलाइ राहत
rahat
सीता डोटेल पाल्पा- कोरोना संक्रमणको जोखिममा लामो समयदेखिको जारी लकडाउनमा प्रभावित बिपन्न १९ सय ५ परिवारलाई रामपुर नगरपालिकाले राहत वितरण गर्नेछ । सोमबार देखि राहत बितरण थालेको नगरपालिकाले पहिलो र दोस्रो दिनमा १२ सय बढी परिवारलाई राहत बितरण गरेको थियो । नगरपालिकाका उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरे, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य, इलाका प्रशासन कार्यालयका प्रमुख अशोक आचार्य, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिम बहादुर कार्की, नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाण, पत्रकार सहितको अनुगमन टोलीले राहत बितरणलाई व्यबस्थित गराउदै राहत बितरण गरेको हो । नगरपालिकाले बिपन्न परिवार संख्याको आधारलाई मापदण्ड बनाएर वडा मार्फत राहत बितरण गरेको छ । पहिलो चरणमा १ हजार ६६ परिवारलाई राहत बितरण गरेको नगरपालिकाले दोस्रो चरणमा अन्य थप १ हजार ९ सय ५ परिवारमा राहत बितरणलाई तिब्र बनाएको छ । नेपालमा कोरोना संक्रमणको संख्या बढ्दै जानू र लकडाउनको जारी भएको समयमा पहिलो चरण भन्दा व्यबस्थित रुपमा सामाजिक र शारीरिक दुरी कायम हुने गरि राहत बितरण गरेको रामपुर ५ का वडा सदस्य बिष्णु प्रसाद बस्यालले बताउनुभयो । पानीको मौसम पनि भएकाले बजार केन्द्रबाट व्यबस्थित रुपमा जनप्रतिनिधि, प्रशासन, प्रहरीको रहोबरमा खाद्यान्न बुझेका छन्। बुधबार सम्ममा १९ सय ५ परिवारका ७ हजार ४ सय बढी जनसंख्यालाई राहत बाढिसकिनेछ । लकडाउन बढिरहेकाले समस्या हुन सक्ने परिवारलाई ३ दिनमा राहत बाढेर सक्ने गरि जनप्रतिनिधि कर्मचारी लागेको नगरप्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो । जहा वडा नं. १ का १ सय २८, वडा नं. २ का ९० परिवार, वडा नं. ३ का १ सय ५७ परिवार, वडा नं. ४ का १ सय ९५ परिवार, वडा नं. ५ का ३ सय ७९ परिवार, वडा नं. ६ का २ सय ७८ परिवार, वडा नं. ७ का १ सय ७९ परिवार, वडा नं. ८ का १ सय ९२ परिवार, वडा नं. ९ का १ सय ५५ परिवार र वडा नं. १० का १ सय ४० परिवारले राहत पाउनेछन्। नेपाल सरकारले चैत्र ११ गतेबाट जारी गरेको लकडाउनका कारण प्रभावितलाई कार्यविधिकै आधारमा नगरपालिकाले राहत दिएको छ । १ जनाको परिवारलाई ५ किलो चामल, १ किलो दाल, आधा लिटर तेल, १ किलो नुन, १ वटा साबुन, १ किलो चना त्यसैगरी २ देखि ४ जनाको परिवारलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन, २ वटा साबुन, २ किलो चना र ५ जना भन्दा माथिको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, साढे १ लिटर तेल, २ किलो नुन, ३ वटा साबुन, ३ किलो चना वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update