Erani Mahal
बिषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु
ttt
अर्घाखाँची - जंगलबाट ल्याएको विषालु च्याउ खाँदा अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिकामा एकै परिवारका दुई जनाको ज्यान गएकाे छ । च्याउ खाएर घाइते एकै परिवारकै अन्य दुई जनाकाे उपचार भइरहेकाे छ । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतरा छन् । विषालु च्याउ खाएर बिरामी भएका उनीहरुको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । [caption id="attachment_9749" align="alignnone" width="300"] प्रतिकात्मक : तस्विर गुगल ।[/caption] अस्पतालमा उपचारका लागि भर्ना भएकी रामकलाको शनिबार राति र विपासाको सोमबार बिहान मृत्यु भएको लुम्बिनी सिटी अस्पतालले जनाएकाे छ । रामकलाकी सासु ५९ वर्षीया लालसरी महतरा र देउरानी २१ वर्षीया लक्ष्मी महतराको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार अस्पतालले जनाएकाे छ । दुवै जनाको स्वास्थ्यमा सुधार आएकाे बताइएकाे छ । विषालु च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरूलाइ अर्घाखाँचीकाे सन्धीखर्कमा उपचारपछि थप उपचारका लागि बुटवल ल्याइएकाे हाे ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update