Erani Mahal
तानसेनकाे ऐतिहासिक भगवती मन्दिरमा चाेरी प्रयास
gtt
पाल्पा – तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा गएराति चोरीको प्रसास भएको छ । मन्दिरको उत्तरतर्फको ढोकामा लगाइएको फलामको भ्याल फोरेर चोरीको प्रयास भएको हो । चोरले चोर्ने क्रममा होहल्ला भएपछि मन्दिरको बहुमुल्य बस्तु चोरी हुनबाट भने बचेको स्थानीय बासिन्दाको भनाई छ । यस्तै मन्दिर नजिकै रहेको इन्द्ररत्न स्टोर्समा पनि चोरी भएको छ । स्टोर्स फोरर भित्रका सामान चोरी भएको बताइएको छ । यद्यपी कसले चोरी गरेको हो भन्ने बारेमा भने अझैँ थाहा हुन सकेको छैन । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update