Erani Mahal
नेपालगन्जमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ८२ पुग्याे
aa
बुटवल - तीन दिनअघि १६ जना काेराेना संक्रमित भेटिएका नेपालगन्जमा पुन ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भेरी अस्पतालमा भएको पछिल्लो कोरोना परिक्षणमा थप सात जनामा कोरोना भेटिएको हाे । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ । पछिल्लाे परीक्षणमा संक्रमण पुष्टि भएकामा नेपालगञ्ज वडा ८ निवासी २२, ३०,४० वर्षका तीन पुरूष हुनुहुन्छ भने ०९, ३२, ३४,५५ वर्षका महिला रहेकाे र उहाँहरूका स्वास्थ्य अवस्था सामान्य हुनुका साथै उहाँहरू स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update