Erani Mahal
रिडीमा परालले बनेका सामग्रीमा आकर्षण
mmm
चुरामणी तिमिल्सिना, रिडी - रुरुक्षेत्र रिडि घाटमा आउने प्राय क्रियापुत्रीले रिडीमा नै उत्पादन भएको परालको चप्पल लगायर यात्रा गर्ने गरेका छन् । रिडी क्षेत्रका दिदीबहिनीले तयार गरेकाे परालका चप्पल नै घाटमा यात्रा गर्ने कृयापुत्रीले प्रयाेग गर्ने गरेकाे स्थानीय बासिन्दाकाे भनाइ छ । घाटमा नजिकै किराना तथा चिया नास्ता पसल सन्चालन गर्दै आउनुभएका यमनारायण भन्डारीले परालका चपल्ल उपादन गर्ने रिडीमा ३ उद्यमी दिदीबहिनीहरू यस भेगकै नमूना भएकाे बताउनुभयाे । रिडी निवासी गोमा मरासिनी, दिपिका थापा र लक्ष्मी पौडेलले दैनिक ३ जोर चप्पल स्थानीय कच्चा सामाग्री प्रयोग गरी उत्पादन गर्दै आउनुभएको छ । ती तीन उधमिहरुले घरेलु कार्यलय तम्घास तथा स्थानीय सरकारकाे सहयाेगमा केही वर्ष अगाडी रिडीमा तालिम लिएपछि चप्पल उत्पादन गरेकाे बताउनुभएकाे छ । उहाँहरूले तालिमले आफूहरूकाे जीवन नै परिवर्तन गरेकाे दावी गर्नुभएकाे छ । उहाँले आफूहरूले तालिम लिएपछि परालका चप्पल, सुकुन्डा कलस टोपी, करुवा, डालीलगायतका सजाउने सामाग्री बनाउदै आइरहेको बताउनुभयो । आफूले दैनिक ३ जोडि चप्पल बनाउदै आएको र प्रति जोर रु. १५० पर्ने गरेकाे उहाँकाे भनाइ छ । यहाँ उत्पादन भएका परालका सामग्री नेपाल, भारत अमेरिका तथा अन्य मुलुकमा समेत मायाको चिनोको रुपमा बिक्री भएकाे स्थानीय बासिन्दा शेषनारायण मरासिनीले जानकारी दिनुभयाे । गाेमालाइ श्रीमानले समेत सहयाेग गर्दै आउनुभएकाे छ । परालकाे सामग्री बिक्रीमा कुनै समस्या नभएकाले थप तालिम र उत्पादन बढाउन आफू लागेकाे गाेमाले बताउनुभयाे ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update