Erani Mahal
पूर्वखाेलाकाे क्वारेन्टाइनमा बसेका १३ जनाकाे आरडिटी रिपाेर्ट नेगेटिभ
kkk
पाल्पा - पूर्वखोला गाउँपालिका वडा न -२ जल्पा र वडा न ३ अर्खलडाँडास्थित क्वारेन्टाइनमा बसेका १३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । अर्खलडाँडामा रहेकाहरूकाे बिहानको सिप्ट र जल्पामा दिउँशाेको सिप्ट गरेर काेराेना संक्रमण आरडिटी बिधिबाट परीक्षण गरिएको थियो । क्वारेन्टाइनमा बस्ने उहाँहरु सबैको आरडिटि परीक्षणमा रिपाेर्ट नेगेटिभ देखिएकाे पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख माेहन ढकालले जानकारी दिनुभयाे । अर्खलडाँडाकाे क्वारेन्टाइनमा विगत दुइ सातादेखि रहेका ७ जनाकाे परीक्षण गरिएकाे हाे । उनीहरू सातै जना लकडाउनकाे बेलामा हिडेर कपिल्वस्तुबाट घरमा फर्किएका थिए । यस्तै जल्पाको क्वारेन्टाइनमा बस्ने ६ जना भने पाेखराबाट घर फर्किएका थिए । उनीहरूलाइ बाहिरबाट फर्किएकाे भन्दै क्वारेन्टाइनमा राखिएकाे थियाे । आरडिटी परीक्षणमा रिपाेर्ट नेगेटिभ आएपछि उनीहरू सबैलाइ घर पठाइएकाे गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयाे । उनीहरू घर फर्किएपनि थप एक साता क्वारेन्टाइनमै बस्नुपर्नेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update