Erani Mahal
पाल्पाबाट भारततर्फ हिडेका ४ सय भारतीयलाई प्रहरीले बल प्रयाेग गरी फर्कायाे
96300320_673807233410844_5362255265917829120_n
पाल्पा - रैनादेवी छहरास्थित सोमादीको सर्देवामा रहेकाे चौधरी ग्रुप सिजी कम्पनीमा काम गरेका भारतीय मजदुरलाइ कार्यथलाेमै फर्काइएकाे छ । एक महिनादेखि काम गर्न नपाएका यहाँका ४ सय भारतीय मजदुरलाइ बल प्रयाेग गरेर सिजी सिमेन्ट कार्यथलाेमै फर्काइएकाे हाे । प्रहरीले कन्टीपाेखरा देउरालीबाट फर्काएकाे हाे । कम्पनीमा काम गर्न नपाएकाे भन्दै उनीहरू आइतबार सिमेन्ट फ्याक्ट्रीबाट भारततर्फ पैदल हिडेका थिए । तर पाल्पा प्रहरीले बल प्रयाेग गरेर पुन भाैतिक दुरी कायम गर्ने गरी कम्पनीमा काम गर्ने गरी फर्काएकाे स्थानीय बासिन्दाले बताएका छन् । घर फर्कदै गरेको थाहा पाएपछि पाल्पा प्रहरीले घेरा हालेको थियाे । आइतबार राति सहमति गरेर उनीहरूलाइ फर्काइएको पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयाे । काम गर्न र खानपिन समेत नपाएकाले असन्तुष्टि जनाई आइतवार कार्यस्थलबाट समुहमै पैदल घर तर्फ लागेपछि उनीहरूलाइ राेक्न सामान्य बल प्रयाेग गर्नुपरेकाे शसत्र प्रहरी बल पाल्पाका प्रमुख रवि केसीले बताउनुभयाे । उनीहरुलाई पुनः घर कार्य स्थलमा फर्काउन ५ घण्टा लागेकाे थियो । लक डाउनकाे बेला सामूहिक हिडडुल र एक स्थानबाट अर्काे स्थानमा समेत जान राेक लगाएकाले सामूहिक हिडेका भारतीय कामदारलाइ राेक्नुपरेकाे जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update