Erani Mahal
पाल्पा व्यापार संघद्वारा १० स्थानीय तहकाे काेराेना काेषमा सहयाेग
FB_IMG_1585731740052-750x563
पाल्पा – जिल्लाका दश वटै स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषमा पाल्पा व्यापार सङ्घले रकम सहयोग गरेको छ । सङ्घले दश वटै स्थानीय तहलाई १०/१० हजारका दरले एक लाख रुपियाँ कोरोना राहत कोषमा सहयोग गरेको हो । कोभिड १९ कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने कार्यमा सहयोग पुगोस् भनेर राहत कोषमा रकम जम्मा गरेको सङ्घका अध्यक्ष चिरन्जीवि पोखरेलले जानकारी दिनुभयो । उहाँले सबै स्थानीय तहको कोरोना राहत कोषमा रकम जम्मा गरिएको बताउनुभयो । यस्तै सङ्घले जिल्लास्थित अस्पताल तथा स्वास्थ्य संस्थालाई समेत मास्क, स्यानिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाइ चाहिने सामग्री सहयाेग गरिएकाे संघले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update