Erani Mahal
सामुदायिक रेडियो मदनपोखराकाे भित्तेपात्राे सार्वजनिक
IMG_5248
पाल्पा – सामुदायिक रेडियो मदनपोखरा पाल्पाले आइतबार २०७७ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । कोरोना महामारी र बन्दाबन्दीका कारण डिजिटल भर्सन मात्र वितरण गरेको रेडियोले भित्तेपात्रो नै सार्वजनिक गरेको हो । सारेम भित्तेपात्रोको ४ जना शिक्षकले संयुक्त रुपमा स्टुडियोबाटै विमोचन गर्नुभएको छ । गणित शिक्षक रामप्रसाद ढकाल, नेपाली शिक्षक प्रेमराज खराल, स्वास्थ्य तथा जनसंख्या शिक्षक चन्द्रकान्त न्यौपाने र विज्ञान शिक्षक रामजीवन ज्ञवालीले भित्तपात्रो अनावरण गरी सार्वजनिक गर्नुभएको हो । दुरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशाला सञ्चालनका लागि स्टुडियोमा बस्नुभएका शिक्षकहरुले पढाउँदैतस् भित्तेपात्रो समुदायमा आएको जानकारी गराउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष समेत रहनुभएका शिक्षक ढकालले समुदायकै बीचबाट स्थापित र सञ्चालित रेडियोले समुदायलाई पात्रो दिएर घरपरिवारकै सदस्य बन्न पुगेको बताउनुभयो । राष्ट्रिय चाडपर्व, सार्वजनिक विदाका अतिरिक्त पाल्पा जिल्लामा मनाइने महत्वपूर्ण तीथि मिति पनि सारेम पात्रोमा समेटिएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले बताउनुभयो । रेडियो मदनपोखराले प्रत्येक वर्ष भित्तेपात्रो प्रकाशन गरेर निशुल्क वितरण गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update