Erani Mahal
नेपालगन्जमा एकै दिन १५ जना काेराेना संक्रमित भेटिए
eee
बुटवल - नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप १५ जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप १५ जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त रहेकाे बताइएकाे छ । उनीहरू ८ जना पुरूष र ७ जना महिला छन् । उनीहरू सबै मस्जिदमा आउजाउ गर्नेहरू रहेकाे बताइएकाे छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका घरपरिवारका सदस्य लगायत ९० जनाको शनिवार स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये ३० जनाको परीक्षण गरिदा ९ जनामा कोरोना भएको पुष्टि भएको हो । थप ३० जनाकाे परीक्षण गर्दा ६ जना थप संक्रमित भेटिएकाे हाे । भेरी अस्पतालका चिकित्सक डा. बद्री चापागाईँका अनुसार शनिवार सङ्कलन गरिएको मध्ये ६० जनाको स्वाबको परीक्षण कार्य चलिरहेको छ । [caption id="attachment_9656" align="alignnone" width="300"] सांकेतिक तस्विर : गुगल ।[/caption] सङ्क्रमित भएकालाई खजुरास्थित आईसुलेसन अस्पतालको रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लैजाने तयारी गरिएको छ । प्रहरीले पहिलो सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा गत चैत पहिलो साता सीमा पारी भारतको रुपैडिया–नानपारा पुगेर फर्केको पाइएको छ । पालगन्जको डिएसपी रोडमा बस्ने पहिलो सङ्क्रमित करिब एक किलोमिटर टाढा रहेको महेन्द्रपार्कनजिकै रहेको अन्सारी यान मस्जिदको सहायकको रूपमा कार्यरत रहनुभएको थियो । मस्जिद नजिकै मदरसामा विद्यार्थीलाई ट्युसन पढाउँदै आएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भने सङ्क्रमितले तीन महिनायता भारत नगएको बयान दिएको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update