Erani Mahal
निस्दीकाे क्वारेन्टाइनमा बसेका १२ जनाकाे आरडिटी रिपाेर्ट नेगेटिभ
nnnn
पाल्पा - निस्दी गाउँपालिकामा क्वारेन्टाइनमा बसेका १२ जनाको ¥यापिड डाइगनस्टिक टेस्ट (आरडिटी) काे माध्यमबाट गरिएकाे काेराेना परीक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ आएको छ। विदेशबाट आएका तथा क्वारेन्टाइनमा बसेर १४ दिन पुगेका व्यक्तिहरुको तालिमप्राप्त स्वास्थकर्मीबाट ¥यापिड डाइगनस्टिक टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएकाे गाउँपालिकाले जनाएकाे छ । उनीहरू कसैमा पनि काेराेना संक्रमण पाेजेटिभ नदेखिएपछि सबैजनालाई गाउँपालिकाले घर पठाएको छ । सरस्वती मावि निस्दी-५, गल्धा क्वारेन्टाइनमा बसेका १० जना र गौरीशंकर मावि निस्दी-५, मित्यालको क्वारेन्टाइनमा बसेका २ जना गरी १२ जनाकाे आरडिटी गरिएकाे थियाे । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले धन्यवादपत्र प्रदान गरेर उनीहरू सबैलाइ घर पठाइएको छ। यससँगै निस्दीमा क्वारेन्टाइनमा बस्नेको संख्या ४४ जना भएकाे स्वास्थ शाखा संयोजक रेमबहादुर दिशाले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update