Erani Mahal
पाल्पा १ मा बामदेवलाई उम्मेदवार बनाउने समाचार झूठाे हाे : सांसद राना
daaa
पाल्पा - पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले आफ्नो क्षेत्रबाट बामदेव गौतमलाई उम्मेदवार बनाउने भन्ने समाचार झुठो र भ्रामक भएको बताउनुभएकाे छ । शनिबार साँझ बसेको नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णयपछि गाैतमलाइ पाल्पाकाे क्षेत्र नं. १ मा उम्मेदवार बनाउने चर्चा चलेकाे हाे । पाल्पा–१ का सांसद रानालाई राजीनामा गराउने र बामदेवलाई उम्मेदवार बनाउने समाचार आएपछि शनिबार रातिदेखि नै पाल्पा तरङ्गित बनेकाे छ । उक्त समाचार भाइरल भएपछि रानाले शनिबार राति फेसबुकमा स्टाटस लेख्नुहुँदै पाल्पा क्षेत्र नं. १ मा बामदेव उम्मेदवार बन्ने भन्ने कुरा झूठो, भ्रमपूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको उल्लेख गर्नुभएकाे छ । ‘केही समयदेखि पार्टीभित्र देखापरेको आन्तरिक विवादलाई सचिवालयको बैठकमा नेताहरुले आत्मालोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, तीनजना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा सम्पूर्ण नेता कार्यकर्ता, मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएका छौं । तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय ‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको’ भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ सांसद रानाले फेसबुक स्टाटसमा भन्नुभएकाे छ । सांसद राना तत्कालिन एमाले विभाजन हुँदा नेकपा मालेमा रहनुभएकाे थियाे । पछि गौतमसँगै पुनः एमालेमा फर्किनुभएकाे थियाे । सांसद राना यसअघि भूमिसुधार मन्त्री समेत हुनुभएकाे थियाे । राना हाल नेकपा प्रदेश ५ कमिटिकाे सहइन्चार्ज समेत रहनुभएकाे छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update