Erani Mahal
पाेखराबाट फर्किएका १० जनालाई जल्पाकाे क्वारेन्टाइनमा राखियाे
re
पाल्पा - पोखराबाट आएका १० जनालाइ पूर्वखोला गाउँपालिका-२, जल्पास्थित क्वारेनटाइनमा राखिएकाे छ । पोखरामा मजदुरी गरिरहेका उनीहरू गाउँमा फर्किएपछि गाउँपालिकाले जल्पास्थित कमला प्राविमा बनाइएकाे क्वारेन्टाइनमा राखिएकाे हाे । पाेखराबाट फर्केका १० जनालाइ पूर्वखोला गापाले कमला प्राविमा रहेको क्वारनटाइनमा राखेको वडा अध्यक्ष नीरबहादुर सारुले बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहोन ढकाले थर्मल गनको प्रयोग गरी ज्वराे नापी उनीहरुको स्वास्थ्य जाँच गरेकाे र सबैकाे अवस्था सामान्य रहेको बताउनुभयाे । यस्तै पूर्वखोला -६ हेक्लाङमा रहेका २ जानाको आरडिटि टेस्ट नेगेटिभ आएको छ । पूर्वखोला गाउँपालिकामा बाह्य जिल्लाबाट आउनेहरुलाइ गाउँपालिकाले क्वारन्टाइनमा राख्ने व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update