Erani Mahal
पाल्पामा १२ जनाकाे स्वाब र ७२ जनाकाे आरडिटी रिपाेर्ट नेगेटिभ
aa
पाल्पा – कोरोना भाइरसको संक्रमणको लक्षण देखिएका १२ जनामा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पाल्पा जिल्लाको विभिन्न अस्पतालमा ज्वरो, रुघाखोकी र स्वासप्रश्वासमा समस्यामा देखिएपछि उपचाररत १२ जना बिरामीको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । हालसम्म लुम्विनी मेडिकल कलेजबाट ८ जना, मिसन अस्पतालबाट ३ जना र पाल्पा अस्पतालबाट १ जना बिरामीको (स्वाब) पिसिआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयो । पन्थीले हालसम्म पिसिआर परीक्षण गरेका १२ जनाको कोरोना संक्रमण नरहेको रिपोर्ट आएको बताउनुभयो । उता जिल्लाको विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका ७२ जनामा ¥यापिड डाइगनास्टिक परीक्षण गरिएको छ । ७२ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । उहाँले थप मानिसमा समेत आरडिटी परीक्षण गर्न कीट माग गरिएको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update