Erani Mahal
पाल्पामा १ सय ९० जना क्वारेन्टाइनमा (कहाँ कति ? तथ्यांक सहित)
92357125_1290812121308239_1590695967626100736_n-1
पाल्पा – विदेशबाट फर्किएका र नेपालका विभिन्न स्थानबाट फर्किएकालाई समेत क्वारेन्टाइनमा राख्न थालेपछि क्वारेन्टाइनमा बस्नेको संख्या दिनहुँ बढेको छ । पाल्पाका दश स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा हालसम्म १९० जनालाई राखिएको छ । पछिल्लो समय भारत सहित नेपालका विभिन्न स्थानबाट हिडेर घरमा फर्केकालाई क्वारेन्टाइनमा राखिएको हो । नेपालको काठमाडौँ, चितवन, दाङ्, नेपालगन्ज, बिराटनगर, भैरहवा लगायतका स्थानबाट फर्किएकालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेकाे १४ दिनपछि भने आरडिटी परीक्षणपछि घरमा पठाइएकाे छ । पाल्पामा हालसम्म ७२ जनाकाे आरडिटी परीक्षण गरिएकाे पन्थीले इरानीमहललाइ जानकारी दिनुभयाे । हासम्म कुन स्थानीय तहमा कति जना क्वारेन्टाइनमा तानसेनमा ४ जना, रामपुरमा ५६ जना, निस्दीमा ५६ जना, पूर्वखोलामा २४ जना, रम्भामा १५ जना, माथागढीमा ६ जना तिनाउमा ४ जना, रैनादेवी छहरामा २५ बगनासकालीमा शुन्य रिब्दीकोटमा शुन्य
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update