Erani Mahal
रूपन्देहीका काेराेना संक्रमित युवा दुई साताअघि भारतबाट आएका थिए
eee
बुटवल - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका रुपन्देही काेटहीमाइ गाउँपालिकाका २५ वर्षका युवक २ साताअघि मात्र भारतबाट आएको पाइएको छ । ती युवक वैशाख ५ गते भारतबाट दुई साताअघि घर फर्किएका थिए । सम्मरीमाईको ठोटरी नाकाबाट आएका उनलाई दाइले घर नलगी मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा पुर्‍याएर त्यही राखेका थिए । क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिनुभएकाे छ । उनलाई शुक्रबार नै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइएर राखिएकाे छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयाे । परिवारमा रहेका सबैकाे स्वास्थ्य जाँच गर्ने तयारी भइरहेकाे प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update