Erani Mahal
रूपन्देही र नेपालगञ्जमा थप दुई जना कोरोना संक्रमित फेला
aa
काठमाडौँ – प्रदेश नं. ५ काे रूपन्देही र नेपालगञ्ज गरी थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण हुनेहरुमा नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका पुरुष रहेकाे जनाएकाे छ । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताइएको छ । यो संगै कोरोना संक्रमितको कुल संख्या ५९ पुगेको छ । संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ। मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार हालसम्म नेपालमा कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ। भने जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update