Erani Mahal
तिनाउ नदी किनारमा युवती मृत अवस्थामा फेला
1549196061.death-tapaikokhabar-1
पाल्पा – तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउ खोलाको ड्याम साइडमा एक जना युवती शुक्रबार दिउँशो मृत अवस्थामा फेला परेकी छिन् । रुपन्देही जिल्ला शुद्दोदन गाउँपालिका वडा नं. ४ की २३ वर्षिय सिर्जना खनाल तिनाउ खोलाको ड्यामसाइडमा मृत फेला परेको प्रहरीले जनाएको छ । ती युवतीको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अझैँ थाहा हुन सकेको छैन । [caption id="attachment_9647" align="alignnone" width="300"] प्रतिनिधि तस्विर : गुगल ।[/caption] प्रहरीले मृतकको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update