Erani Mahal
निस्दीको देउराली सहकारी संस्थाद्वारा काेराेना काेषमा सहयाेग
kk
पाल्पा - निस्दी गाउँपालिका पाल्पाले स्थापना गरेको कोरोना राहत कोषमा देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी सस्था लि. निस्दी-६, अर्चले, पाल्पाले सहयोग गरेको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा राहत वितरणमा सहयोग होस भन्ने उद्देश्यले देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी सस्था लि.पाल्पाले गाँउपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा ४० हजार रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष टेक बहादुर सोमैले बताउनुभयो। संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुले गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई उक्त रकम गाउँपालिका अध्यक्ष सारुको कार्य कक्षमै पुगेर हस्तान्तरण गर्नु भएको हो । सहयोग रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष सारुले विपतको यो समयमा सहकारीले देखाएको सहयोग र सदभावको प्रशसा गर्दै धन्यवाद दिनुभएकोथियो। यसै प्रसङ्गमा अध्यक्ष सारुले गरीब तथा बिपन्न परिवारका घरधुरीहरुलाई तत्काल दोस्रो चरणको राहत वितरण गर्ने कुराको जानकारी समेत दिनुभएको थियो । यसै विच उक्त सहकारी संस्थाको आकस्मिक बैठक बसी आफ्ना संस्थाबाट उपलब्ध गराएको कर्जा रकम यो कोरोना भाइरसको समयको चैत र बैशाख महिनाको किस्तामा छुट गरी आगामी जेठ महिनामा मात्र असुल गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update