Erani Mahal
रामपुरमा खोप अभियान  : तीन सय बढी बालबालिकालाई खोप
cccc
पाल्पा - रामपुर नगरपालिकाले खोप अभियान चलाएको छ । जारी लकडाउनले गत महिनामा समेत खोप संचालन नभएकोमा रोकिएका र नियमितको गरि खोप दिइएको नगरपालिकाले जनाएको छ । मंगलबार देखि शुरु भएको खोप अन्तरगत १५ महिना मुनिका ३ सय ६९ बच्चाले खोप लगाएका छन् । कार्यक्रमको पहिलो दिन नगरपालिकाका वडा नम्बर ५, ९ र १० बाट शुरुवात भएको हो । खोपको अभाबमा शिशु तथा बाल मृत्युदर बढ्न सक्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख १४ देखि सुरक्षा अपनाएर खोप चलाउन अनुरोध गरेको थियो । बैशाख महिना खोप महिना भएकोले बालबच्चाले पाउने खोपको अधिकारका लागि पनि सामाजिक दुरी कायम गरि खोप चलाइएको छ । बुधवार रामपुर नगरपालिका वडा नम्बर १,२,४,६ र १० को केही केन्द्रबाट १५ महिना मुनिका बच्चाहरुलाई खोप दिइएको छ भने उनीहरुका आमालाई १/१ क्यारेट अण्डा समेत दिइएको छ। खोप अभियानको रामपुर ६ तिलकपुरमा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले नियमित मिचिमिची साबुन पानीले हात धुन, भित्र बाहिर काम गरिसकेपछी हात धोएर मात्र बच्चालाई छुन र दूध खुवाउन आग्रह गर्नुभयो । उहाँले खोप लाउन चनाखो हुनुपर्नेमा अभिभावकलाई जोड दिदै रोकिएको खोप चलाएको र अब नियमित खोप चल्ने हुदा साबिककै समय र स्थानमा बच्चालाई खोपमा सहभागी गराउन अनुरोध गर्नुभयो । रामपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष हुमनाथ न्यौपानेले खोप नियमित लिन र छोडिएमा अस्पतालमा पुगेर खोप लिन सबैलाई अनुरोध गर्नुभयो । रामपुर नगरपालिका ६ को तिलकपुर केन्द्रमा ४२ जना बालबालिकालाई खोप र १/१ क्यारेट अण्डा बितरण गरिएको नगरपलिकाको स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । रामपुर नगरपालिकाले बैशाख १६ र १७ गते, १९ र २० गते गरि नगरका २१ खोप केन्द्रबाट खोप सेवा दिइरहेको छ । सो समयमा छुटेका बच्चाका लागि २२ गते रामपुर अस्पतालमा खोप लगाइने स्वास्थ्य शाखाका गिरिराज घिमिरेले जानकारी दिनुभयो । रामपुरमा ६ सय बढी बच्चामा खोप दिइनेछ । त्यसैगरी बाकी रहेका वडामा बैशाख १९ र २० गते खोप दिइने स्वास्थ्यकर्मी पुनम धितालले जानकारी दिनुभयो । नगरपालिकाको स्वास्थ्य र महिला तथा बालबालिका शाखाको समन्वयमा खोप सहित प्रती बच्चाका आमालाई पोषण अन्तर्गत १/१ क्यारेट अण्डा पनि बितरण गरेको महिला,बालबालिका तथा जेष्ट नागरिक शाखाकी पुजा परियारले जानकारी दिनुभयो । जन्मेदेखी १५ महिना सम्मको बच्चालाई ७ पटकमा ११ वटा खोप दिइन्छ । नियमित खोप अन्तर्गत चैत महिनामा कोरोना संक्रमणको जोखिम भन्दै सरकारले जारी गरेको लकडाउनका कारण खोप कार्यक्रम स्थगन भएको थियो । नियमित लगाउनुपर्ने खोप र जन्मेपछी तत्काल लगाउनुपर्ने बिसिजी खोप बच्चाले नपाउदा झन् जोखिम बढ्ने आकलनले सरकारले खोप कार्यक्रम बैशाखलाई नियमित बनाएको जनाएको छ। बच्चालाई जन्मने बित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा डिपिडी, पिसिभी, एफआईपिभी खोप र ओपिभी थोपा दिइन्छ । १० हप्तामा डिपिटी, पिसिभी, १४ हप्तामा डिपिटी एफआइपिभि खोप ओपिभी थोपा, ९ महिनामा दादुरा रुबेला विरुद्धको एम आर र पिसिभी खोप र थोपा दिइन्छ भने १२ हप्तामा जापानीज इन्सेप्लाइटिस विरुद्धको खोप र १५ महिनामा दोस्रोपटक एम. आर. खोप दिइन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update