Erani Mahal
युवा संघ पाल्पाकाे नेतृत्वमा उपभाेक्तालाई सहुलियतमा टमाटर प्रदान
95362735_3039159506152731_5631752699826405376_o
पाल्पा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपाल पाल्पाले जिल्ला सदरमुकाम तानसेनमा सहुलियतमा टमाटर र खुर्सानी बिक्री गरेको छ । लकडाउनका बेला उपभोक्ताले अत्याधिक महङ्गोमा टमाटर लगायतका तरकारी खरिद गर्न बाध्य भएको र कतै टमाटर नै नपाएको गुनासो बढेपछि संघले टमाटर खरिद गरेर उपभोक्तासम्म पु¥याएको हो । संघले किसानसँगै खरिद गरेकै मुल्य प्रतिकेजी २५ रुपियाँमा तानसेनमा टमाटर उपभोक्तालाई वितरण गरेको जनाएको छ । कोभिड १९ कोरोना भाइरसबाट बच्न भइरहेको एक महिना बढीको लकडाउनले किसानको तरकारी खेतबारीमै कुहिने अवस्था रहेको र उपभोक्ताले टमाटर लगायतका तरकारी नपाउने अवस्था भएकाले यो अभियान चलाएको संघका संयोजक धनु घिमिरेले बताउनुभयो । संघले नवलपरासीबाट किसानको बारीमै पुगेर टमाटर प्याकिङ्क गरेर उपभोक्तालाई वितरण गरेको छ । पहिलो दिन बिहीबार तानसेनमा ४ हजार ६ सय किलोग्राम टमाटर र तीन सय किलो खुर्सानी बिक्री गरेको जनाएको छ । कृषि एम्बुलेन्स मार्फत किसानको घरघरमै तरकारी पु¥याएको युवा संघका इन्चार्ज एवं केन्द्रीय सदस्य तुलबहादुर अघिकारीले जानकारी दिनुभयो । संकटका बेला युवासंघले किसान र उपभोक्तालाई राहत पुग्ने गरी अभियान चलाएको उहाँले बताउनुभयो । अहिले बजारमा टमाटर, खुर्सानी लगायतका तरकारी अत्याधिक महङ्गो छ । यो अवस्थामा विभिन्न संघसंस्थाले कृषि एम्बुलेन्स मार्फत तरकारी लगायतका कृषि उपज बिक्री गरिरहेको छ । यसले तानसेनका उपभोक्ता खुसी भएको युवा संघका केन्द्रीय सदस्य एवं सहइन्चार्ज युवराज थापाले जानकारी दिनुभयो । लकडाउनको अबधिभर किसानको बारीमै पुगेर तरकारी ल्याउने र उपभोक्तालाई सहुलियतमा बितरण गर्ने कार्यलाई निरन्तरता दिने संघका सहसंयोजक कृष्ण पाण्डेले बताउनुभयो । यसअघि पाल्पाका तानसेन युवा परिषद, माथागढी बहुउद्धेश्यीय सहकारीले समेत तरकारी सहुलियतमा उपभाेक्तलाइ प्रदान गर्दै आएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update