Erani Mahal
गुल्मीदरबार गाउँपालिकामा घरघरमै सामाजिक सुरक्षा भत्ता
Gulmi
सुवास विसी गुल्मी- जनतालाई सेवा दिने उद्देश्यले गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा न २ वडा कार्यालयले चेक संकलन गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ । वृद्धवृद्धा, असक्त, अपांगता भएका, एकल महिलालगायतले पाउने सामाजिक सुरक्षा भत्ता घर–घरमा नै पुगेर वितरण गर्न थालिएको हो । लकडाउनका कारण समस्यामा परेका वृद्धवृद्धा तथा सामाजिक सुरक्षा भत्ता पाउनेहरूलाई जनप्रतिनिधि र स्थानिय युवा चेक संकलन गरेर सामाजिक सुरक्षा वितरण गरिरहेको वडा अध्यक्ष हरिहर गौतमले जानकारी दिनुभयाे । आवश्यक परेका र इच्छिुक व्यक्तिहरूको मात्र चेक संकलन गरेर बैंकमार्फत रकम ल्याएर वितरण गर्न थालिएको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सरकारले गरेको लक डाउनमा जनतालाई समस्या पर्न सक्ने भन्दै घर–घरमा पुगेर सामाजिक सुरक्षा वितरण गर्न थालिएको गौतमको भनाइ छ । सरकारी सेवा घरमै दिने उद्देश्यले घर–दैलोमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको गौतमले जानकारी दिनुभयाे । श्रीमतीको मृत्यु पछि काजकृयामा बसेका कृष्ण परियारको घरमा सामाजिक सुरक्षा भत्ता लिएर वडा अध्यक्ष पुग्दा दुखको समयमा भगवान आए जस्तो लगेको उहाँले बताउनुभयाे आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका वृद्ध–वृद्धाहरूसमेत खुसी हुने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update