Erani Mahal
तानसेनका स्वास्थ्यकर्मीलाइ कोरोना सम्बन्धि शिक्षा प्रदान
Tansen-nagarpalika-1
पाल्पा-तानसेन नगरपालिका स्वास्थ्य शाखाको आयोजना र युनाइटेड मिसन अस्पताल तानसेन, पाल्पाको प्राविधिक सहयोगमा तानसेनका स्थास्थकर्मीहरुलाइ कोरोना सम्बन्धि शिक्षा प्रदान गरिएको छ । नगरपालिका भित्रका स्वास्थ्य संस्थाका २२ जना स्वास्थ्यकर्मीहरु (सी.अ.हे.व., एच.ए. र अ.हेव.) को लागि नोवेल कोरोना भाइरसबाट कसरी आफू सुरक्षित रही अरुलाई समेत सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने बारेमा अभिमुखिकरण कार्यक्रम गरिएको नगरका सूचना प्रमुख दुर्गाबहादुर थापाले बताउनुभयो । नगर प्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अस्पतालका निर्देशक डा. रचेल कारख, बरिष्ठ डा.लेस ड्रोनन् र नर्सिङ्ग एजुकेटर पदमा श्रेष्ठले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी पाठकले स्वास्थ्यकर्मीहरुले सुरक्षित रुपमा प्रभावकारी सेवा प्रदान गर्न अनुरोध गर्नुको साथै प्राविधिक सहयोग पु¥याउनु भएकोमा सम्पूर्ण मिशन अस्पताल पदाधिकारीहरु तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update