Erani Mahal
रामपुरमा व्यवस्थित ज्वराे परीक्षण कक्ष निर्माण
jj
पाल्पा - युवाहरुको प्राविधिक सहयोगमा रामपुर अस्पतालमा व्यवस्थित ज्वरो परिक्षण कक्ष निर्माण गरिएको छ । अस्पतालको समन्वयमा रामपुर ३ का युवाहरुले निःशुल्क प्राविधिक सहयोगमा विश्व स्वास्थ्य संगठनको मापडण्द अनुसार ज्वरो परिक्षण कक्ष निर्माण गरेको हो । यसरी निर्माण गरिएको कक्ष पाल्पामा पहिलो हो । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण स्वास्थ्य संस्थाहरुमा पिपिई अभाव रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै स्थानिय सामाग्रीको प्रयोग गरी स्वाव संकलनको लागि पनि हुने गरी कक्ष निर्माण गरेको हो । सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ्ग प्रालि बेझाँडका सञ्चालक सुरज भण्डारी, इन्जिनियर दिपेन्द्र न्यौपाने र स्थानिय युवराज न्यौपानेले आल्मुनियम उद्योगका शंकर भट्टराईको सहयोगमा सो कक्ष निर्माण गर्नु भएको हो । राष्ट्रिय आविस्कार केन्द्रका स्वयम सेवक समेत रहनुभएका दिपेन्द्र न्यौपानेले देशभर पिपिई अभाव भैरहेको समयमा सिमित स्थानबाट परिक्षण गर्न सकिने गरि चिकित्सकहरुको सुरक्षाको कक्ष निर्माण गरेको बताउनुभयो । ‘स्थानिय सामाग्रीबाटै सुरक्षित कक्ष निर्माण गर्न सकिन्छ भने हामीले जानेको ज्ञान आफ्नो ठाउँमा किन प्रयोग नगर्ने भनेर अस्पताललाई प्रस्ताव गरेको उहाँले बताउनुभयो। राष्ट्रिय आविस्कार केन्द्रले गरेको डिजाईन अनुसार कक्ष निर्माण गरेको छ । पिपिई विना ग्लोव्सको सहायताले स्वास्थ्यकर्मीले कक्षमा भित्रबाटै बाहिर रहेका विरामीको परिक्षण गर्न सकिने गरि कक्ष बनाएको छ । सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ्ग प्रालिका सञ्चालक सुरज भण्डारीका अनुसार ७५ हजार रुपैयाँ बराबरको सामाग्री मार्फत ज्वरो कक्ष निर्माण गरिएको छ । रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विजय परियारले अस्पतालले सामाग्री खरिद गरेको र अन्य प्राविधिक सहयोग सीताकुण्ड आईटी एण्ड इन्जिनियरिङ्ग प्रालिले गरेको बताउनुभयो । प्राविधिक सहयोगका लागि युवाहरुलाई धन्यवाद दिदै उहाँले शंकास्पद विरामीको परिक्षणको लागि सो कक्ष निकै सहज हुने बताउनुभयो । उहाँले आवश्यक सामाग्री अभाव रहेको खण्डमा कोरोनाबाट बच्न र बचाउन ठूलो मद्धत गर्ने बताउनुभयो । डाक्टर परियारले भन्नुभयो- ‘अस्पतालमा कुनै संकास्पद विरामी आएमा हामीले यहीबाट परिक्षण गर्नेछौ । यदि महामारी फैलिहालेमा यस कक्षबाटै स्वाब परिक्षण गरिने छ ।’
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update