Erani Mahal
बाहिरी जिल्लाबाट तरकारी नल्याउने निर्णयबाट पछि हट्याे आपूर्ति समिति
gg-1

पाल्पा – जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकले छिमेकी जिल्लाहरुबाट समेत तरकारी तथा फलफुलजन्य बस्तु पाल्पामा आपूर्ति गर्न दिने निर्णय गरेको छ । समितिको मंगलबार बसेको बैठकले जिल्लामा तरकारी तथा फलफूलजन्य बस्तुको अभाव भएकाले बाहिरी जिल्लाबाट समेत तरकारी आपूर्ति नरोक्ने निर्णय गरेको जनाएको छ । समिति यसअघि आफैले गरेकाे निर्णयबाट पछि हटेकाे छ ।


आपूर्ति समितिको बैठकले १२ दिनअघि बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल आपूर्तिमा रोक लगाएको थियो । आपूर्ति समितिको बैठकले खाद्यान्न आपूर्तिमा समेत समस्या भएकाले व्यक्तिगत दुरी कायम गरी पसल खोल्ने समय र दिन समेत बढाएको छ । यस्तै औषधि, खाद्यान्न, तरकारी, ग्यास पसल दैनिक रुपमा खोल्ने निर्णय गरेको छ ।

प्रतिनिधि तस्विर ।

यसअघि समितिले बाहिरी जिल्लाबाट तरकारी लगायतका बस्तु ल्याउँदा काेराेना राेकथाममा असर पर्ने दावी गरेकाे थियाे । यद्यपी समितिकाे उक्त निर्णय भने व्यापारीहरूकाे बिराेधका कारण टिक्न नसकेकाे टिप्पणी भएकाे छ ।


समिति नाफाखाेरकाे पछि लागेकाे आराेप

उता आपूर्ति समितिको बैठकले नाफाखोर व्यापारीको हित हुने गरी निर्णय गरेको भन्दै विभिन्न संघसंस्थाले बिरोध जनाएका छन् । तानसेन युवा परिषदले आपूर्ति व्यवस्थापन समितिले उपभोक्ता र किसानको हि विपरीत गरेको निर्णय दुखद भएको जनाएको छ ।


परिषद्का अध्यक्ष गुराँस आत्रेयले मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै समितिको निर्णयले सिंगो पाल्पाली किसान र उपभोक्ताले सहज वातावरणमा जीवन जिउन पाउने अधिकारमाथि ठाडो हस्तक्षेप भएको उल्लेख गर्नुभएको छ ।

परिषदले आगामी दिनमा पनि उपभोक्तालाई सहज रुपमा तरकारी उपलब्ध गराउने कार्यमा भने निरन्तर सक्रिय रहने जनाएको छ । परिषदले अहिलेसम्म सहयोग गर्ने तानसेन नगरपालिका, मदनपोखरा कृषि बहुउद्देश्यीय सहकारी संस्था लगायत सबैलाई धन्यवाद समेत दिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update