Erani Mahal
निस्दीमा जनप्रतिनिधि घरमै पुगेर वितरण गरे सामाजिक सुरक्षा भत्ता
95202988_285751739104894_5383364501896691712_n

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। वडा अध्यक्ष न्यो बहादुर सुनारीको नेतृत्वमा वडाका जन प्रतिनिधि र कर्मचारी घर - घरमा गएर आर्थिक वर्ष २०७६/७७ को दोस्रो चौमासिक भत्ता वितरण गरेको हो।

जेष्ठ नागरिक १ सय ३९ जनालाई १२ हजारका दरले १६ लाख ६८ हजार , एकल महिला ९६ जनालाई ८ हजारका दरले ७ लाख ६८ हजार , दलित जेष्ठ नागरिक ११ जनालाई ८ हजारका दरले ८८ हजार , पुर्ण अपांग ५ जनालाई १२ हजारका दरले ६० हजार वितरण गरिएकाे हाे ।

आंशिक अपांग ६ जनालाई ६ हजार ४ सयका दरले ३८ हजार ४ सय, दलित बालपोषण १५ जनालाई १ हजार ६ सयका दरले २४ हजार गरि कुल २६ लाख ४६ हजार ४ सय रुपैया वितरण गरेको वडा सहायक सहवीर खनगाहाले बताउनुभयो । लकडाउनको बेला यसरी घरमै आएर पैसा दिएपछि ८१ वर्षीय तिलतामा सोमैले खुशी व्यक्त गर्नुभयो।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update