Erani Mahal
रामपुरले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने
agriculture_5

पाल्पा - कोरोना भाइरसका कारण बिश्वमा खाद्यान्नको संकट हुन सक्ने भन्दै पाल्पाको रामपुर नगरपालिकाले केही वर्ष यता बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिन प्रक्रिया थालेको छ ।

नगरपालिकाले बिगत २ बर्ष भन्दा बढी समय बाँझो भएको जग्गालाई खाद्यान्न र तरकारी खेतीमा अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताउनुभयो । कोरोना महामारीका कारण अर्को बर्ष बिदेशबाट आयात खाद्यान्न नआउन सक्छ,आचार्यले भन्नुभयो-ती देशमा नै उत्पादन नभएर कमी आयो भने स्वत हाम्रो देशमा खाद्यान्न संकट हुन सक्ने अबस्थाले किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने कार्यक्रम ल्याएका हौ ।

प्रतिनिधि तस्विर : स्राेत गुगल ।

बाझो जमिनमा मकै छरेमा प्रतिरोपनी ३ हजार र मौसमी तरकारी खेती गरेमा प्रतिरोपनी ५ हजार रुपैया अनुदान किसानले पाउने छन् । ५ दिनको छोटो समयाबधी राखेर नगरपालिकाले गरेको सुचनाको अबधिमा किसानले ११ सय रोपनीको अनुदानका लागि निबेदन परेको छ । उत्पादन हुने खेती योग्य समथर जग्गा र उच्च डाडा भेग रामपुर नगरपालिकामा छ ।

नगरका १० बटै वडामा जेटिएको व्यबस्था भएकोले अब निबेदन माथि छानबिन गरिने नगरपालिकाले जनाएको छ । कोरोनाको समयमा जारी लकडाउनमा किसान गाउँघरमा आएको बेला उनीहरुलाई खेतीमा आकर्षित गर्न यो कार्यक्रम ल्याइएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताउनुभयो। रामपुर नगरपालिकामा एक वडा एक उत्पादन कार्यक्रम लागू छ ।

कुनै वडामा तत्कालै उत्पादन लिन सकिने र केही वडामा छ्नौट भएका बालीको उत्पादन लिन केही ढिला हुने खालका खेती लगाइएको छ । जहाँ कागती, बेसार, अदुवा,खुर्सानी, गोलभेँडा,प्याज, एभोकाडो, आलु, काँक्रा, बन्दा, गोलभेँडा, केरा, घिरौंला, करेला, सिमी, लिची, सुन्तला, कफी लगायतका बालीलाई वडाले प्राथमिकता दिएको छ ।

यही खेतीको संभावनालाई जोड दिन र यी क्षेत्रमा किसानको आकर्षण बढाएर उत्पादन लिन र आत्मनिर्भर बनाउन तरकारी र मकैमा अनुदान दिने नीति लिइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update