Erani Mahal
उत्पादनकाे पाकेट क्षेत्र घाेषणासँगै किसानमा नयाँ उत्साह
94355467_999496770445952_5466414300224552960_n

चुरामणी तिमिल्सिना, रिडी - गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा पालिकाले वार्डका ६ वटै वडामा नै उत्पादन हेरेर पकेट क्षेत्र घोषणा गरेसँगै किसानहरुलाइ राहत मिलेकाे रुरु- २, ग्वादीका बाख्रापालक किसान बेद बहादुर कुवरले बताउनुभयो ।

पालिकाले रुरु-१, थोर्गामा लिची पकेट क्षेत्र, रुरु २ ग्वादीमा पशु-पालन पकेट क्षेत्र, जस्मा बोयर जातको बाख्रा, रुरु ३ थान्पतीमा उखु खेती तथा लिची पकेट क्षेत्र, रुरु ४ बलेटक्सारमा कफी अनुसन्धान कार्यक्रम तथा सुन्तला पकेट क्षेत्र, रुरु-५, मा आलु पकेट क्षेत्र र रुरु-६, रिमुवामा भने तरकारी पकेट क्षेत्र घोषणा गरेको रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी पन्थले बताउनुभयो ।

किसानहरुले बार्षिक रुपमा १ करोड ५०लाखको लिची, यसैगरि बाख्राबाट रु ३५ लाख, रुरु-३, थानपतीकाे उखुबाट डेढ करोड, बलेटक्सारकाे सुन्तला बिक्रीबाट करिब ८ लाख, बम्घाकाे कागती तथा आलुबाट किसानले आम्दानी लिदै आइरहेको पालिकाका अध्यक्ष निलकण्ठ गौतमले बताउनुभयो । वार्ड न ६ रिमुवामा भने तरकारी पकेट क्षेत्र घोषणा गरे पनि खासै आम्दानी किसानले नगरेको रुरु ६ रिमुवाका वार्ड अध्यक्ष गिरी सिन्जालीले जानकारी दिनुभयाे ।

ग्रामीण भेगका किसानहरुलाइ पकेट कार्यक्रम बितरण हुँदा किसानहरु उत्साहित भएको रुरु २ का वार्ड अध्यक्ष घनस्याम ज्ञवालीले बताउनुभयाे ।

यता रुरु ५ बम्घामा कागती खेती गरेर आम्दानी लिने योजनाका साथ कागतीका बोट लगाएका रुरु ५ का वार्ड अध्यक्ष हरि प्रसाद ज्ञवालीले सबै घरमा कागती खेती गर्न वार्डबासीलाइ आग्रह समेत गर्नुभएकाे छ । थानपतिका गुड तथा खुदो बिक्री गरेर आफूले राम्रो आम्दानी गर्न सफल भएको वार्ड अध्यक्ष शेष नारायण पौडेलले जानकारी दिनुभयाे ।

याे गाउँपालिकाबाट जिल्ला भन्दा बाहिर रु. ८ लाख बरारको सुन्तला बाहिर जाने वार्ड न ४ का अध्यक्ष पर्सुराम ज्ञवालीले बताउनुभयो । किसानहरुले रुरु थोर्गाबाट जिल्ला भन्दा बाहिर लिचि पठाउने र करिब यस भेगमा १ हजार बोटले आम्दानी दिएको वार्ड न १ का वार्ड अध्यक्ष रामलाल बिकले बताउनुभयो । किसानकाे काममा उत्साह थप्न र उनीहरूलाइ प्राेत्साहन गर्न गाउँपालिकाले सहयाेग गरेकाे प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयाे ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update