Erani Mahal
अबिरल वर्षातले पाल्पाका किसानकाे तरकारी तथा अन्नबालीमा क्षति
04

पाल्पा – सोमबार बिहानदेखि परेको अबिरल वर्षातका कारण जिल्लाको विभिन्न स्थानमा क्षति पु¥याएको छ । हावाहुरी सहित अबिरल वर्षाले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएका तरकारी बाली तथा मकै लगायतका खाद्यान्न बालीमा समेत क्षति पु¥याएको छ ।


बिहानदेखि परेको वर्षाका कारण कतिपय स्थानमा बाढी र पहिरो जानुका साथै भर्खर छरेका मकै समेत बगाएको किसानको गुनासो छ । केही दिनदेखि सामान्य वर्षा भएपछि सोमबार भने बिहानैदेखि दिनभरसम्म अविरल वर्षा भएको किसानको भनाई छ ।


वर्षातले ग्रामीण क्षेत्रमा जाने सडक भत्किएका छन् भने मौसमी तथा बेमौसमी तरकारीमा क्षति पु¥याएको छ । कतिपय स्थानमा पहिरो र बाढी खेत तथा बारीमा पसेको छ । यसले खेत तथा बारी बगरमा परिणत भएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

अबिरल वर्षाले तिनाउ खाेला, निस्दी खाेला तथा यस क्षेत्रका खाेला नालामा धमिलाे पानीकाे बहाब बढेकाे छ । बेलुकी ४ बजेदेखि भने वर्षा कम भएकाे छ । वर्षातले पाल्पाकाे अधिकांश स्थानमा बिद्युत अबराेध हुँदा उपभाेक्ता मारमा परेका छन् ।

तस्बिरहरू : सामाजिक संजाल फेसबुकबाट ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update