Erani Mahal
तिनाउँ गाउँपालिकाले २९ लाख ८३ हजारको राहत वितरण
tinau

पाल्पा- कोरोना भाइरसको कारण भएको बन्दाबन्दीले अलपत्र परेका असंगठित कामदार र विपन्न वर्गको लागि तिनाउँ गाउँपालिकाले २९ लाख ८३ हजार बराबरको राहात वितरण गरेको छ ।


२ हजार १ सय ४२ घरधुरीले राहत सामग्री प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी गराउनु भयो । तिनाउँ गाउँपालिकाको १० लाख ५० हजार, विभिन्न चुनढुंगा खानीले १० लाख ६० हजार, सामुदायिक वन उपभोक्ता समितिहरुले ८ लाख २३ हजार, उद्यमी दिनेश रेग्मीले ५० हजार गरी २९ लाख ८३ हजार रुपैंया बरको राहत वितरण गरिएको घर्तीले रानीमहलालाई बताउनुभयो ।


गाउँपालिकाले वडा नं. १ मा ६ सय ४३ घरधुरीलाई ८ लाख ७३ हजार, वडा नं. २ दोभानमा ४ सय ११ घरधुरीलाई ६ लाख ५० हजार, वडा नं. ३ झुम्साका ३ सय ३१ घरधुरीलाई ५ लाख ७५ हजार, वडा नं. ४ सत्यवतीका १ सय ६६ घरधुरीलाई १ लाख ७५ हजार, वडा नं. ५ कोल्डाँडाका २ सय ७८ घरधुरीलाई ३ लाख ७५ हजार र वडा नं. ६ मस्यामका २ सय ८३ घरधुरीलाई ३ लाख ३५ हजार बराबरको राहत वितरण गरिएको प्रमुख घर्तीले रानीमलहलाई बताउनुभयो ।

यस्तै प्रदेश सभा सदस्य नारायण आचार्यले दिएको ३० हजार, पाल्पाली समाज पोखराको १० हजार र पाल्पा व्यपार संघले दिएको ५ हजारले गाउँपालिकालाई आवश्यक स्वास्थ्य सामग्रीहरु खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले दोभान चौकीसँगको समन्वयमा हेल्थ डेक्स समेत संचालन गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update