Erani Mahal
निस्दीमा मात्रै ५२ जना क्वारेन्टाइनमा
94355468_323966371916000_4531763106614870016_n

पाल्पा - निस्दी गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या ५२ जना पुगेका छ । कोरोना रोगको जोखिम न्यूनीकरणगर्नको लागि निस्दीले नेपाल भित्रकै विभिन्न मुख्य- मुख्य शहर तथा क्षेत्रबाट आउनेलाई पनि अनिवार्य रूपमा क्वारेन्टाइनमा राखेको छ ।

हालसम्म वडा नम्बर २ सहलकोटको आंशुवार्मा माविमा ७ जना, गौरीशंकर मावि निस्दी-४, मित्यालमा ६ जना, वडा नम्बर ५ गल्धाको सरस्वती माविमा २० जना, वडा नम्बर ६ अर्चलेको गोरखनाथ माविमा ६ जना र जनप्रिय मावि निस्दी-७, ज्यामिरेमा १३ जनालाई क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

वडा नम्बर १ बाकामलाङ र वडा नम्बर ३ झिरुबासमा भने अहिलेसम्म कसैलाई क्वारेन्टाइनमा राख्न नपरेको अध्यक्ष सारुले बताउनुभयो । पालिकाले आवश्यक परेको खण्डमा १ सय ५३ वेड क्षमताको क्वारेन्टाइन सामग्री तयारी अवस्थामा राखेको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताउनुभयो ।

क्वारेन्टाइनमा राखेका सबैको दैनिक स्वास्थ परिक्षण गरेको र सबैको अवस्था सामन्य रहेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । निस्दीले कोरोना रोगको जोखिम न्यूनीकरणको लागि दैनिक रूपमा जनप्रतिनिधि , स्वास्थकर्मी , कर्मचारी , प्रहरी लगायतको टोलि गाउँगाउँमा प्रचारप्रसार तथा अनुगमन गरेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update