Erani Mahal
तानसेनकाे काेराेना राहत काेषमा ५३ लाख बढी (सहयाेग गर्नेकाे  विवरण सहित)
New-Doc-04-26-2020-12.23.20

पाल्पा – तानसेन नगरपालिकामा कोरोना राहत कोषमा हालसम्म ५३ लाख ८६ हजार ६६२ रुपियाँ सङ्कलन भएको छ । नगरपालिकाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन निर्माण गरेको राहत कोषमा प्रदेश सरकार, विभिन्न राजनीतिक दल, व्यापारी, व्यवसायी, संघसंस्था र व्यक्तिहरू सहयोग गरिरहेका छन् ।


कोरोनाको महामारी फैलन नदिन नगरपालिकाले विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सहयोगको आह्वान गरेको थियो । नगरपालिकाको आहवान अनुसार सहयोग गर्ने क्रम जारी रहेको नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।


उता नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण गर्न गरिएको विभिन्न क्रियाकलापमा २७ लाख ७५ हजार १३६ रुपियाँ खर्च भएको जनाएको छ । नगरपालिकाले राहत सामग्री खरिद, स्वास्थ्य सामग्री खरिद लगायतका खर्च गरेको जनाएको छ ।

हेरौँ यो विवरण :-

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update