Erani Mahal
क्रियाशिल पत्रकार महिला रामेछापद्वारा प्रेस ज्याकेट हस्तान्तरण
ga-ge

पाल्पा - रामेछाप क्रियाशील पत्रकार महिला (WWJ) रामेछापले एक कार्यक्रमका बिच पत्रकार महासंघ रामेछापलाइ ४० थान प्रेस ज्याकेट र माक्स हस्तान्तरण गरेकाे छ ।

लकडाउनका समयमा जाेखिम माेलेर जिल्ला स्तरमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सुरक्षा सतर्कताकाे लागि सहजहाेस भन्ने हेतुले प्रेस ज्याकेट उपलब्ध गराएकाे हाे । वाइबा तथा लामा कन्स्ट्रक्सन प्रालि रामेछापकाे अार्थिक सहयाेगमा ४० थान प्रेस ज्याकेट र मास्क क्रियाशील पत्रकार रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेललाई हस्तान्तरण गर्नुभएकाे छ ।

काेराेना भाइरस संक्रमणकाे डरले एक महिना देखि भएकाे लकडाउनका कारण पत्रकारलाई समेत सुरक्षामा समस्या भएकाे छ ।

लकडाउनका समयमा पनि पत्रकार भने सुचना संकलन ,समाचार प्रशारण तथा संप्रेषणकाे सिलसिलामा घरबाहिर निक्लिनु पर्ने हुन्छ । यस्ताे समयमा पत्रकारकाे सुरक्षा खत्रामा हुने र अनाहकमा सुरक्षाकर्मिकाे हप्काई समेत खानु पर्ने भएकाले पत्रकारलाई सुरक्षा सतर्कतामा सजिलाे बनाउनका लागि प्रेस ज्याकेट उपलब्ध गराइएकाे श्रेष्ठले बताउनु भयाे ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update