Erani Mahal
राहत कोषमा नेपाली काङ्ग्रेस रामपुरले थप गर्यो रकम
Rahat

पाल्पा - रामपुर नगरपालिकामा स्थापित राहत कोषमा नेपाली काङ्ग्रेस रामपुरले राहत रकम थप गरेको छ ।

नगरपालिकाले कोरोना संक्रमणको जोखिम कम गर्न र जारी लकडाउनले समस्यामा परेका नागरिकलाई खाद्यान्न बितरणका लागि स्थापना गरेको बिपद् व्यबस्थापन कोषमा यस भन्दा पहिला पनि नेपाली काङ्ग्रेसले राहत प्रदान गरेको थियो ।

अहिले पुनः नेपाली काङ्ग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराईले नगद २३ हजार ७ सय ९० रुपैया नगर प्रमुख एवं कोरोना नियन्त्रण तथा राहत व्यबस्थापन समिति संयोजक रमण बहादुर थापालाई प्रदान गर्नुभयो ।

पहिले प्रदान गरेको १ लाख ७७ हजार ८ सय ५६ रुपयामा थप गरेर नेपाली काङ्ग्रेस रामपुर नगर समितिले राहत कोषमा २ लाख १ हजार ६ सय ४६ रुपया रकम राहत कोषमा सहयोग पुर्‍याएको छ

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update