X

रहर होइन कोरोनाको कहर, विचार पुर्‍याउ : लकडाउन सदुपयोग गरौं हुन्छ सुन्दर

रानीमहल संवाददाता || १४ बैशाख २०७७,आईतवार १०:२०

बाबुराम अर्याल

समय बितिरहेछ घडीको सुइ घुमिरहेछ, कसैले रोकेर रोकिदैन यो । बिहान ७ नबज्दै सडकमा व्याडमिन्टन खेलाडीको खेलले व्युझायो आज । राती अबेरसम्म सामाजिक सन्जालको प्रयोगले निन्द्रा बिहिन भएको म पात्र लाई लाग्यो- “यिनीहरु मात्र खेल्ने रहर र अनुमति रहेछ यो ठाउँमा” उठिसकेपछी सामाजिक संजाल फेसबुक, ट्वीटर, अनलाइनमा न्युजका पोष्टहरु पल्टाउदै जाँदा लाग्यो अझै समय संकटमा छ । परिस्थिति संवेदनशील छ । यहाँ आफ्नो मात्र चिन्ता छैन । अर्को व्यक्ति, समुदाय, निकाय, परिस्थिति, देश र विदेश रहने समेतका नागरिकको पनि चिन्ता छ ।

अर्कोलाई केही नभए “म” सुरक्षित । भारतमा नबढे नेपाल सुरक्षित । वा यस्तै अनेक सोच आए। सन्सारको जनसंख्या ७,७७६, ३९६,१५८ भन्दा बढी भएता पनि मरिसकेका १ लाख ९७ हजार बढीको परिवारको पिडाको चिन्ता छ । हालसम्म २८ लाख व्‍यक्ति संक्रमित भइसकेका छन् त्‍यस्तै करिब ८ लाख निको भइसकेका छन्। बिरामी लाखौं मानिसको अबस्था के हुने हो त्यो चिन्ता बढी छ । घरबाट करिब ५०० मिटर भन्दा कम चोकसम्म समेत नहिडेको यानकी आज बाहिर नहिडेको ३३ दिन भइ सकेको छ । मन नभएर होइन बाध्यताले भन्दा पनि जीवन बाच्ने रहरले हो । बाँच्नका लागि सङ्हर्षले हो ।


करिब ८ बजिसकेको थियो । गर्मी शुरु भएतापनी एक कप कफि बनाउन लागेको । गेटमा आवाज आयो। निरन्तर ढोका बजिरह्यो । अनि आवाज आयो दिदी/दिदी । सोछे माथी घरबेटी दिदीलाई बोलाएका होलान् । पछि यसो ठनासे उनीहरुको बोलीको लवज तराइ मुलको थियो । पछि उनीहरुले फेरि थपे- दिदी सहयोग करोन । ए दिदी निछे आइएन न ।
निरन्तर १० मिनेट उनीहरुको यो रोधन जस्तो आवाज पछि किचनबाट बाहिर निस्के । २ जना अधबैसे महिला थिए । न त माक्स लगाएका थिए न त कुनै सुरक्षा । मात्र हातमा रित्तो कचौरा थियो । अरु केही सोच नै आएन । घर्राबाट १५ रुपया झिकेर कचौरामा राखिदिए । म केही बोलिन र बोल्न मन पनि जागेन ।


३० मिनेट पछि सानू दाइ आइपुग्नुभयो । यहाँ माग्ने आका रहेछन? उहाले प्रश्न गर्नुभयो । हो १५ रुपया दिएर पठाए मैले भने। सायद भारतदेखी आएका होलान्-उहाले भन्न नभ्याउदै मैले थपे- खोइ? पैसा त दिए अनि गए । हुन पनि पैसा दिने बखत मैले केही सोचिन । भुकम्पका बेला जस्तै सोचेर दिए बस् । प्रहरी बोलाउनु पर्ने । यो बेला माग्नु राम्रो होइन । मलाई अब दुबिधा भो- सानुदाईको कुराले । हो त नी माग्दै हिड्ने कसरी सुरक्षित होलान् र ? यतिबेला ।
धेरै मानिसको सम्पर्कमा आएका हुन्छन् तिनीहरु । फेरि सोचे आखिर मर्न कसलाई मन हुन्छ र? मागेको पनि हातमुख जोड्नैको लागि हो नि । खान पुगेको भए कसलाई माग्न रहर हुन्थ्यो र ।आखिर जिउनु नै महत्त्वपूर्ण हो जस्तो लाग्यो जिए न व्यक्तिगत स्वतन्त्रता के पि ओलीको सम्बोधन सम्झिए । ठिकै लाग्यो ।


आज १० दिनपछी फेरि आज एकपटक सामाजिक संजाललाई केलाए । ती माग्न आएका बाटोमा पुगेछ्न् क्यार सबैले काम पाएका छन् । कसैले उनीहरुको फोटो खिचेकक छन । कहानी लेखेका छन् । कथा व्यथा पोखिने गरि छल्किएर लेखेका छन् । कोही सरकार सुनेका छन् कोही सरकार गुनेका छन् । कोही सरकार आदेश दिएका छन् । कोही सरकार राहत तथा कोही सरकार उद्दारमा खटिएको छ । किनकी अहिले यहाँ कुनै सरकारको संख्यामा कमी छैन ।

यो अबधिमा नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १२ जना निको भएर घरमा फर्किएका छन् । समयको धरातल संगै सरकारी कामकाजमा भिडियो कन्फ्रेन्स, जुम बैठक जस्ता शब्दहरुले ठाउँ पाउन थालेछन् । गर्दागर्दै नेपालको अदालतले समेत भिडियो कन्फ्रेन्स बाटै अभियुक्तको म्याद थपेको समाचार सुन्न,पढ्न पाइयो । यस बिचमा धेरै पिडाका कथा सिनियो । किरिया बसेका व्यति आमा बितेको ६ दिन पछि मात्र नेपाल छिर्न पाए भारतीय क्वारेन्टाइनबाट। कालो बजारी,ग्यास, मासु पसल, खुद्रा व्यापार तरकारी साथै न्यून गुणण्स्तर,कुहिएको चामल,दाल राहतका नाममा बितरण, मध्यरातमा हिडेर घर पुग्नेको लर्को, मन्त्री हेलिकप्टरमा औषधि खच्चडमा अहिले भने केही दिन यता केही राहत पाएका छन् नागरिकले । सडकमा पैसा फाल्ने नन्द भाउजुको कहानी, लकडाउन उल्लंघन गर्दै मस्जितमा नमाज पढ्ने पक्राउ ।


ट्रकमा ११२ जना कोचिएर धार्केबाट पथलैया सम्म पुगे । डाक्टरको मुख थुन्ने “सरकारी प्रयास” शेर बहादुर पुनमाथि सोधपुछ, लकडाउन अबधीमा प्रदेश ५ मा ७ बलाकृत जस्ता समाचारले पढिने अवस्था आए । ( श्रोत: कान्तिपुर, अन्नपूर्ण पोष्ट, अनलाइन खबर, नयाँ पत्रीका) यस्तो धेरै जस्तो लाग्ने विकृतीहरु के कोरोना नआएको भए हुदैनथे? के यो सबै कोरोनाका कारण मात्र भएका हुन्? के यस्तो नेपालमा अरु बेला कुनै इतिहासमा भएको थिएन? अहिले यावत उत्तर खोज्न तर्फ नलागौ बरु जे रुचिपुर्वक बिषय जुन बिषयको खोजी गर्न मन लाग्थ्यो त्यही खोजौ पढौ भुलौ जसले मनलाई डाइभर्ट गर्छ । कोरोनाबाट बिदेशमा मर्ने नेपालीको संख्या ५० नाघ्यो । हजारौ संक्रमीत । यो समाचारले बिदेशमा हुने नेपालीलाई आक्रान्त पारेको छ नै नेपालमा हुने उनीहरुका परिवार र समग्र नेपालीलाई डर, त्रास र पीडा दिएको छ ।


कुनै बेला युरोप,अमेरिका,क्यानडा, अष्टेलिया, जापान, कोरिया आफ्ना परिवार वा सन्तान हुदा खुशी मान्नेहरु अहिले सामाजिक संजाल नियालिरहेका छन् । जसका परिवार छैनन् उनले पनि समय यहीमा खर्चेर पिडामा पीडा बाडेका छन् । अरबियन देश, खाडी मुलुकमा प्रत्यक्ष रोजगारीका लागि गएका र अन्य मुलुकमा गएका सबैले पठाएको रेमिटेन्सले दशकौ देखि हाम्रो देशको अर्थतन्त्र चलायमान छ भन्ने कतिपयले अझ बुझेका छैनन् कतिले बुझ नै पचाए । यो दुख अहिले हरेक नागरिकको पीडा बनेको हुनुपर्छ । तर सके पिडामा मलम लगाउने हो होइन भने पिडामा पीडा थप्नु साटो लकडाउनको पालना गरेर बस्नु, सुत्नु नी फिल्म हेरेर…..

यो लेखिरहदा फुर्सदको बेला के गर्न सकिन्छ भनेर यो गर्छु भन्नुभन्दा सबै व्यक्तिका आ-आफ्ना अबधारणा / जीवनका सपना,बिचार र लक्ष्य हुन्छन् । त्यही अनुसार यो फुर्सदको समय बिताउन सकिन्छ । हुन त लकडाउन भएको लामो भैसक्यो अब अबस्था र ठाउकेही खुकुलो बनाउने चर्चा पनि नचलेको होइन । तर सीप र लक्ष्य चुम्ने धरातल यही समय बनाउन उपयुक्त छ । जस्तै खेलाडीका लागि पुर्वजको बायोग्राफी हेरेर ज्ञान र सीप जान्ने मौका हो यो । डान्सर, नतर्क, नायक, नायिका बन्नको लागि ईतिहास देखि अहिले सम्मको विभिन्न कालचरणका फरक – फरक समयका परिवर्तन संगैको स्टाइल सिक्ने समय छ । नत्र रमाइलो फिल्म हेरेर घरमै रहनु पर्छ । परिवारमा घुलमिल र सकेको काममा समय दिनु । अझ विद्यार्थीले पपजी गेमको साटो बाबुनानी हो तिमी विद्यालय जादा पनि १० देखि ३/४ बजेसम्म त पढेकै थियौ नि भनेर परिवारका सदस्यले उनीहरुको क्लास, रुचि र उमेर सुहाउदो सफल व्यक्तित्वका बायोग्राफी, बिज्ञान र अनुसन्धानका बिषय, अन्य बिषयबस्तु, सामाजिक र राजनितिक अबस्थाबारे ज्ञान गराउन सकिन्छ भने किसानका लागि यो समय अनुसन्धानका लागि निकै उत्तम छ । रह्यो किसानको पाकिसकेको फसलको कुरा ।

यसबारेमा सबैभन्दा नजिकको वडा सरकार संग समन्वय गरि बजार व्यबस्थापन गर्न सकिन्छ । ठुला उद्योग संचालन गर्न कठिन भएपनि अब बिस्तारै सरकारले ठुला उद्योग कसरी चलाउने भन्ने बारे सोच्नुपर्छ । अन्य व्यापार व्यबसायका लागि अब कोरोना संक्रमणको स्थितिलाई रेड थलो र ग्रीन जोनमा वर्गीकरण गरि बिस्तारै सन्चालन गर्न तर्फ सरकारले सोच्नु आबश्यक पर्ला । यो सबै ठुला कुरा भन्दापनी नागरिकलाई सरल र सहज बनाउदै दिनचर्या चलायमान बनाउने हो भने तपाईं हामी सरकारको आदेश अनुरुप लकडाउनमा बस्नै पर्छ नत्र जीवन रहला त पछि सब्बै सब्बै गरुला होइन भने जीवन रहदैन त के चाहियो र? लकडाउनमा बसेर लकडाउनकै फाइदा लिने हो । फुर्सदको समयलाई भरपुर प्रयोग गर्ने हो । सीप र ज्ञान बढाउने एउटा थलो लकडाउन बन्न सक्छ त्यसैले लकडाउनमा घरै बसौ कोरोनाको संक्रमणबाट बचौ र अरुलाई पनि बचाउ ।

अन्त्यमा, कोभिड-१९ नियन्त्रण, रोकथाम र निर्मुलिकरणका लागि बैशाख १५ गते पछि बन्दाबन्दी अर्को चरणमा जाने हुँदा अबको रणनीति मूख्यत: निम्न केन्द्रित गर्नु आवश्यक छ । बन्दाबन्दीको समय थप तर जिल्ला भित्रको आन्तरिक कार्यमा लचकपनता। कृषि र घरेलु उद्योगको कार्य निरन्तरता साथै विकास निर्माणलाई संगै लैजान आबश्यक छ । समुदाय स्तरको सम्पर्क नक्सांकन गरि tracing बनाउदै जाने र परिक्षणलाई सबै समुदायको ढोकासम्म पुर्याउने ! त्यसैगरि संक्रमण मार्किङ गर्दै सुरक्षित क्षेत्र मार्किङ (Safe zone marking) गर्ने । यसमा जिल्लाहरूलाई रेड/अरेन्ज/ग्रिन बर्गिकरण गरी सिल गर्ने र नजिकका काम गर्न सकिने बफर जोन मार्किङ गर्दै कामहरु बिस्तारै सुचारु गर्दै जाने । अन्त्यमा गरिब वा श्रमिकको राहत बितरणलाई समुदायस्तरका उत्पादन कामसंग जोड्ने । यसो गरेमा बिस्तारै हामी कहर होइन हाम्रो रहर भेटाउन सक्छौं । लेखक : नेपाल सरकार गृह मन्त्रालयका उपसचिव हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys