Erani Mahal
निस्दीको अर्चलेले सामाजिक सुरक्षा भत्ता वितरण
as

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६, अर्चले, पाल्पामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विश्वव्यापी फैलिएको महामारी कोरोना भाइरस (कोभिड-१९) का कारण आर्थिक वर्ष २०७६/०७७ को दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता ढिलो गरि वितरण गरिएको हो ।

सामाजिक दुरी कायम गरि सम्बन्धित व्यक्तिको घर-घर पुगेर भत्ता वितरण गरिएको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभयो । उहाँले थप्नुभयो " बैक खाता मार्फत सम्बन्धित व्यक्तिको नाममा जम्मा गरि दिने निर्णय भएपनि यस पटक त्यस्तो सम्भव नदेखिए पछि कोरोना भाइरस बारे सचेना दिदै सम्बन्धित व्यक्तिको घर सम्म पुगेर भत्ता वितरण गरिएको हो ।"

यस पटक अर्चलेमा जेष्ठ नागरिक ९३ जना,जेष्ठ दलित १५ जना,एकल महिला १ जना र एकल विधवा महिला ८६ जनालाई वितरण गरिएको हो । त्यसैगरी पूर्ण अपाङ्गता २ जना,अंशिक अपांगता ६ जना र दलित बाल पोषण ३४ जनालाई गरि कुल २० लाख ४८ हजार ८ सय रुपैयाँ वितरण गरिएको कार्यालय सहायक मित्र बहादुर सोमैले बताउनुभयो ।

यो समाचार तयार पर्दा सम्म निस्दी गाउँपालिकाले वडा नम्बर-७,ज्यामिरे र वडा नम्बर-६,अर्चलेमा मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकामा रहेको एउटै मात्र बैंक सनराइज बैक बन्दाबन्दीका कारण हाल हप्ताको ३ दिन आइतबार,मंगलबार र बिहिवार मात्र सन्चालन भएको र अन्य वडाहरुमा क्रमशः वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update